भरतपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको आयोजनामा आइतबारदेखि भरतपुरमा सुरू भएको आधारभूत पत्रकारिता तालिम सकिएको छ ।
तीन दिनसम्म चलेको तालिममा विभिन्न जातीय संगठनबाट प्रतिनिधित्व गर्दै २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले आधारभूत तालिम पत्रकारिता क्षेत्रको पहिलो कदम भएकाले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न प्रेरित गर्नुभयो ।
तालिममा फोनिजका केन्द्रीय पार्सद एवं सिजर्नी एफएमका स्टेशन म्यानेजर अमर प्रधान, वरिष्ठ पत्रकार ईश्वर जोशी, फोनिजका अध्यक्ष सन्तकुमार चौधरी, उपाध्यक्ष भारती दुरा, जिल्ला सचिव राजु चौधरी, कोषाध्यक्ष सविता श्रेष्ठ, जिल्ला विकास समितिका सामाजिक विकास अधिृकत प्रकाश पौडेलले प्रशिक्षण दिनुभएको थियो । तालिमको समापन कार्यक्रम जिल्ला अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post