अमेरिकीमा राष्ट्रपति निर्वाचन नजिकिँदै, ट्रम्प सबैतिर आक्रामक

अन‌ि यो पनि

टक्सन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिँदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोश व्यक्त गरेका छन्।

देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उनले चुनावी अभियानका क्रममा भोगेकामध्ये सबैभन्दा नराम्रो दबाब भोग्नु प¥यो । चुनावी अभियानका क्रममा उनले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरु दिएका छन् ।

उनले फाउचीलगायतका विज्ञहरुमाथिको उनको अभिव्यक्ति सबैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ । उच्च तहका विज्ञ फाउचीलाई उनले टिभीमा जाँदै बोलिरहने र देश र जनतालाई भाँड्ने सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गरेका छन् ।

“फाउची र उनीहरुजस्तै अरु धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरु आफैँमा प्रकोप हुन, उनीहरुका कारणले नै यहाँको अवस्था बिग्रिएको हो,” ट्रम्पले भनेका छन् । त्यसैगरी कोरोनाभाइरसका बारेमा उनले दिएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ ।

“म डराएको आत्तिएको छैन,” टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उनले भने । “मलाई लाग्छ म आक्रामक रुपमा दौडिरहेको छु, म धेरै खुशी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु,” उनले थपे ।

उनले आफूहरुले जित्ने विश्वास र आधार देखिएको दाबी गर्दै आफ्नो फेरि जीत हुने देखेर केही समूहहरु आत्तिएको टिप्पणी पनि गरे । उनले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामा भन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफूहरु ठीक अवस्थामा रहेको पनि बताए । रासस/एपी

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया