ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नायक तथा निर्देशकको रूपमा उदाउँदै रमेश

तुलमान गुरुङ

by गोविन्द अर्याल
२०७७ कार्तिक २, आईतवार १३:०५ गते
in कला
0
नायक तथा निर्देशकको रूपमा उदाउँदै रमेश
306
SHARES
Share on FacebookShare on Twitter
भरतपुर । सञ्चारकर्मी रमेश रानामगर नायकको भूमिकामा दर्शकमाझ उपस्थित भएका छन्। चितवनको रत्ननगर ११ मंगलपुर स्थायी घर भएका मगर अभिनित चलचित्र ‘मिह्री’ अर्थात् भाग्य प्रदर्शनको तयारीमा छ। घटस्थापनाको अवसर पारेर शनिबार चलचित्रको गीत ‘के मेरो माया लाग्छ र’ सार्वजनिक भएको छ। चलचित्रको गीतमा रमेश रानामगर र सनम आलेमगरको रोमान्स देख्न सकिन्छ।
लामो समयदेखि टेलिभिजन कार्यक्रममा काम गरेको अनुभवका आधारमा पनि रमेशलाई क्यामेरासँग खेल्न त्यति गाह्रो भएन। मेला महोत्सवमा प्रतियोगितामा सहभागी हुनका लागि तयार गरिने नृत्यमा निर्देशन गर्दै आएका उनले यही चलचित्रमार्फत आफूलाई नायक, लेखक तथा निर्देशकको रूपमा उभ्याउने प्रयास गरेका छन्।
नयाँवर्षको अवसर पारेर गएको बैशाख महिनामै प्रदर्शन गर्ने तयारी गरे पनि कोरोना कहरका कारण प्रदर्शन कहिले हुने भन्ने विषयमा अन्यौलता कायमै छ। तर, अब वातावरण बिस्तारै सहज होला कि भन्ने अपेक्षासहित चलचित्रको पहिलो गीत मझेरी टिभी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उनले बताए।

मगर संस्कृतिमा आधारित नेपाली चलचित्र मिह्रीको अधिकांश दृश्य तनहुँमा छायांकन गरिएको छ भने केही अंश चितवन र कास्कीमा छायांकन गरिएको छ। चलचित्रमा अन्य कलाकारहरूमा ईश्वर रानामगर, प्रीज्मा आलेमगर, स्रष्टी थापामगर, आशिक रानामगर, प्रेमकुमारी आलेमगर, भीमबहादुर थापामगर, बलबिक्रम थापामगर, देवी आलेमगर, मिलन पाटामगरलगायतले अभिनय गरेका छन्।

घना गुरूङको छायांकन तथा सम्पादन रहेको चलचित्रलाई अमृता थापा रानामगर, देवेन्द्र रानामगर, प्रेमकुमारी आलेमगरले निर्माण गरेका हुन्। सञ्चार क्षेत्रमा निकै लोकप्रियता कमाएका रमेश रानामगरले चलचित्र क्षेत्रमा पहिलो प्रयास भए पनि सबैले मन पराइदिनेमा आफू आशावादी रहेको बताए।

कोरोना कहर कम हुँदै गएको खण्डमा सरकारले चलचित्र हलहरू खुला गर्ने निर्णय गरेलगत्तै चलचित्र प्रदर्शन गरिने उनले बताए। चितवनबाटै मगर संस्कृतिमा आधारित चलचित्र निर्माण यो नै पहिलोपटक हो। कलाकार तथा निर्माण युनिट पनि अधिकांश चितवनकै रहेका छन्।

Related Posts

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

Chitwan Post

चितवन फोटोग्राफी संघको साधारण सभा

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In