भरतपुर । पदमपुर गाविसमा रहेको खानेपानी, सरसफाइ र कृषि सम्बन्धी समस्याका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
इन्सेक चितवन र पदमपुर गाविसका स्थानीयको उपस्थितिमा सोमबार उल्लेखित कार्यालयहरुमा पुगी यस गाविसमा देखिएका समस्याका बारेमा जानकारी गराइएको इन्सेक चितवनका संयोजक मुकुन्द दाहालले बताउनुभयो ।
सो अवसरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर भरत खनाल, कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीसँग पदमपुर क्षेत्रको समस्याबारे अवगत गराइएको थियो । भेटघाटमा बोल्दै इन्जिनियर खनालले त्यस क्षेत्रका खानेपानी समस्या समाधानका लागि काम भइरहेको बताउनुभयो ।
Discussion about this post