तीन मुक्तक

अन‌ि यो पनि


अन्तै माया सारिसकेपछि आश फर्काउने नगर
जता जसलाई भेट्यो उतै माया लर्काउने नगर
चुँडिएको माया जोड्ने फेबिकल पाइन्न क्यारे
घरीघरी सपनामा आएर मलाई तर्साउने नगर ।


मायामा घातहरु सहन असह्य गा¥हो हुने रहेछ
छल गरेको थाहा पाएपछि मन सा¥हो हुने रहेछ
धोका दिनेलाई दुःखको कुरा किन सुनाउनु र !
मन दुखेपछि लेखेर पीडा पोख्न प्यारो हुने रहेछ


समय परिस्थिति हेरेर माया लाउँदा रहेछन् यहाँ
आफूलाई जता अनुकूल उतै हिँड्दा रहेछन् यहाँ
एक्काइसौँ शताब्दीमा यस्तै हुँदोरहेछ कि कसो !
अरुलाई रूवाएर आफू एक्लो हाँस्दा रहेछन् यहाँ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया