रत्ननगर । संविधानसभा सदस्य शिवकुमारी गोतामेलाई सोमबार रत्ननगरमा सम्मान गरिएको छ ।
संयुक्त दलित उत्थान नगर समिति रत्ननगर र उत्पीडित सेवा समाज रत्ननगर–१० ले संयुक्त रुपमा सभासद् गोतामेलाई सम्मान गरेका हुन् । सभासद् गोतामेलाई रत्ननगर
नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठ र समितिका अध्यक्ष मानबहादुर बयलकोटीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सोही अवसरमा रत्ननगर क्षेत्र भित्रका अति विपन्न दलित ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा समितिका कोषाध्यक्ष ज्ञानमणि विक, देवराज रोक्का, विजय विश्वकर्मा, समितिका सचिव धनबहादुर सुनार, विमला विश्वकर्मालगायतले बोलेका थिए ।
Discussion about this post