निजामती सन्देश विमोचन

अन‌ि यो पनि

भरतपुर । निजामती सन्देश नामक स्मारिकाको शुक्रबार भरतपुरमा एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला कार्य समिति चितवनद्वारा प्रकाशित निजामति सन्देश स्मारिकाको केन्द्रीय कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शुक्रबार संयुक्तरुपमा विमोचन गरेका छन् ।

निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला कार्यसमिति चितवनका अध्यक्ष हरिहर शर्मा तिवारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । निजामति दिवसको दिन विमोचन गर्ने तालिका रहे पनि कोरोना प्रकोपका कारण केही ढिला भएको जिल्ला अध्यक्ष तिवारीले जानकारी दिए ।

स्मारिकामा २९ जना लेखकको ३१ लेखहरु समावेश छन् । प्रशासन, कृषि, साहित्य, प्रविधिलगायतका विषयहरु समेटेर स्मारिका प्रकाशन गरिएको अध्यक्ष तिवारीले बताए । विमोचन कार्यक्रम नेपाल निजामति कर्मचारी संगठनको भवन भरतपुर १० दूरसञ्चाररोडमा आयोजना भएको हो । सचिव प्रेमप्रसाद ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया