चितवन, । अष्ट्रेलियामा बसेर नेपाली गीत संगीतको संरक्षण र प्रवर्द्वनमा लागेका गैँडाकोटका युवा विश्व गौडेलले नयाँ म्युजिक भिडियो ‘सुन रिमै’ सार्वजनिक गरेका छन्।
ब्लेक ब्रोस इन्टरटेनमेन्टले सार्वजनिक गरेको भिडियोमा टिकटकस्टार प्रिन्सी–प्रिन्सा र अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन्। जीवन रसाइलीले निर्देशन गरेको भिडियो जम्म ७ मिनेटको छ। प्रमोद खरेल र मेलिना राईको आवाज रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन्।
पछिल्लो समय पाश्चात्य संस्कृति हावी हुँदै जान थालेको परिवेशमा नेपाली गीत संगीतको संरक्षणका लागि म्युजिक भिडियोसहितको गीत बजारमा ल्याएको गौडेलले बताए।
नेपाली गीत संगीत विश्वमै उत्कृष्ट रहेकोले अस्ट्रेलियामा पनि नेपाली गीत संगीतको संरक्षण र प्रवर्द्वनमा लागेको उनको भनाइ छ। गौडेलले नेपाली गीत संगीतको संरक्षणकै लागि पहिलो कोसेलीको रुपमा सुन रिमै बजारमा ल्याएको उनले बताए। https://www.youtube.com/watch?v=OALi2Al5Ebc
Discussion about this post