भरतपुर । मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रालिले आफ्नो एप् मार्फत इच्छुक महिलाहरुलाई सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको छ ।
ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रालिका फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्मा श्रेष्ठले एपि वान एच् डिको कार्यक्रम ‘द नग्म्याटिक शो’मार्फत उक्त एप सार्वजनिक गरिन् । यस मिस युनिभर्सका विजेताले १० लाख नगद उपहार प्राप्त श्रेष्ठले बताइन । नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि रहेको उनको दावी थियो ।
यस प्रतियोगितामा सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ । पछिल्लो ५ हजार प्रतियोगीका लागि १ हजार र देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।
Discussion about this post