ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रहरी प्रशासनको उत्तरदायित्व

by चितवन पोष्ट
२०७१ जेष्ठ १२, सोमबार ०१:५५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

प्रहरीले नागरिकप्रति उत्तरदायित्व वहन गर्नैपर्छ । समाजमा प्रहरीको छाप सधैँ सकारात्मक हुनुपर्छ । असल प्रहरीको जुनसुकै ठाउँमा पनि प्रशंसा हुने गर्दछ । समाजमा शान्ति र सुव्यवस्था कायम गर्न, गराउनका लागि नै प्रहरी संगठनको स्थापना गरिएको हो । तर, सरकारी सेवामा आबद्ध रहेका केही प्रहरीको बानीव्यहोराका कारण सिंगो प्रहरी प्रशासनकै बद्नामी हुने गर्दछ । भ्रष्ट आचरण भएका प्रहरीका कारण समाजमा नराम्रो नजिर स्थापित हुने गर्दछ । यस्तो स्थिति केही घटिरहे पनि घुमुवा प्रहरीले विभिन्न व्यापारीबाट हप्ता असुल्ने गरेको पाइएको छ । संगठनका उपल्ला दर्जाका प्रहरीहरुको नाम भजाएर हप्ता असुली गर्ने पाँच जना घुमुवा प्रहरी निलम्बनमा परिसकेका छन् । निलम्बनमा परेका घुमुवा प्रहरीको लागूऔषध कारोबारी र अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुसँग साठगाँठसमेत रहेको बुझिएको छ ।
चितवनमा गुन्डा तह लगाउने अभियान सफल भइरहेको छ । चितवन प्रहरी प्रमुख एसपी प्रद्युम्नकुमार कार्कीले चितवनमा आफ्नो कार्यभार सम्हालेलगत्तै जुनसुकै आवरणमा रहे पनि गुन्डागर्दी तह लगाइछाड्ने प्रतिबद्धता जनाएका थिए । उनले चितवनको गुन्डागर्दी निस्तेज गर्दै हप्ता असुली गर्नबाट व्यवसायीहरुलाई राहत दिए । त्यस्तै, शान्ति सुरक्षाको सवालमा पनि प्रहरी प्रमुखको कार्यकाल सुखद नै रहेको मान्नुपर्छ । प्रहरी प्रशासनभित्र ‘वैधानिक गुन्डा’का रुपमा देखिएका घुमुवा प्रहरीले हप्ता असुली गरेको थाहा पाएपछि उनले त्यस्ता प्रहरीलाई निलम्बन गरेर प्रहरी प्रशासनलाई स्वच्छ बनाउने प्रयास गरेका छन् । आफ्नो कार्यकालमा ४८ जना प्रहरीलाई विभिन्न कारबाही गरेर समाजको शान्ति सुरक्षाप्रति जवाफदेही रहेको सन्देश दिएका छन् ।
प्रहरीले आफ्नो बर्दीको सधैँ इज्जत गर्नुपर्छ । कतिपय ठाउँमा घुमुवाबाहेक अन्य प्रहरी कर्मचारीले पनि झैझगडा गर्ने र बर्दीसहित मापसे गर्ने गरेको पाइएका छन् । यस्ता प्रहरीका कारण सिंगो प्रहरी प्रशासनप्रति जनविश्वास गुम्ने खतरा रहन्छ । केही समययता आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीको सक्रियता बढेपछि आमनागरिकमा खुसीको सञ्चार भइरहेको छ । प्रहरीको सक्रियतामा मापसे अभियान पनि न्यूनीकरण भइरहेको छ । सामाजिक असुरक्षा घटेको छ । प्रहरी प्रमुखले अनुशासनहीन प्रहरीलाई कारबाही गरेर सकारात्मक काम गरेका छन् । आर्थिक प्रलोभन र भ्रष्टाचारबाट मुक्त रहेर प्रहरीलाई मर्यादित बनाउन प्रहरी प्रमुखले खेलेको भूमिका प्रशंसा गर्न लायक छ । आगामी दिनमा पनि प्रहरी प्रशासनले उत्तरदायि¤व बोध गर्दै प्रहरीको गरिमा बढाउन सक्नु परेको छ ।

Related Posts

नियमित योग गर्न सरोकारवालाको जोड

योग गरौँ, स्वस्थ रहौँ

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमण 

Chitwan Post

वन्यजन्तुमैत्री संरचनाको खाँचो

Discussion about this post

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In