माडी । माडीमा फेरि हात्ती आंतक भएको छ । शुक्रबार राति गर्दी–१ अमिलियामा हात्तीले आतङ्क मचाएपछि त्यस क्षेत्रका मानिसहरु त्रसित भएका छन् ।
रातको समयमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले अमिलियाका सम्झना श्रेष्ठ खड्ग ढुङ्गेल र कुमार बोटको खेतमा लगाएको मकै खाएर नोक्सान पु¥याइदिएको छ । हात्तीले आतङ्क मच्चाएपछि अमिलियाका स्थानीय नजिकैको स्कुलमा गएर बसेको भीमबहादुर विकले जानकारी दिनुभएको छ । माडीमा हात्तीले प्रत्येक वर्ष धनजनको क्षति पु¥याउँदै आए पनि दीर्घकालीन समाधान भने हुन सकेको छैन ।
Discussion about this post