क्षेत्रपुर । चितवन ई.आवासीय मावि क्षेत्रपुरको आयोजनामा अभिभावक संघ र शिक्षक अभिभावक संघको गठन कार्य सम्पन्न भएको छ ।
अभिभावक संघका अध्यक्ष जनक थापाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गायत्री श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलाले पुनः जनक थापाको अध्यक्षतामा सात सदस्यीय अभिभावक संघको सर्वसमितिबाट चयन गरेको छ ।
भेलाले उपाध्यक्षमा भरतचन्द्र खनाल, सचिवमा राज ताम्राकार कोषाध्यक्षमा सवि तण्डुकार, सदस्यहरुमा झलक पौडेल, शारदा पाडेल र रीता तण्डुकारलाई सर्वसम्मतिले निर्विरोध निर्वाचित गरेको छ ।
उक्त अवसरमा अभिभावकको तर्फबाट झलक पौडेल, गोदा सुवेदी, भरतचन्द्र खनाल र ढकराज कोइरालालगायत विद्यालय व्यवस्थापन समितिका सदस्य विजय बज्राचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य केशवकुमार श्रेष्ठले स्वागत मन्तव्य गर्ने क्रममा विद्यालयको गतिविधि र भावी कार्यक्रम बारेमा प्रकाश पार्नुभएको थियो । उक्त समितिको बैठकले ३ वर्षको निमित्त शिक्षक अभिभावक संघको पनि गठन गरेको छ ।
Discussion about this post