भरतपुर । अर्याल बन्धु समाज चितवनको शनिवार भरतपुरमा सम्पन्न दोस्रो अधिवेशन तथा ७ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।
नवनिवार्चित कार्यसमितिको अध्यक्षमा सोमनाथ अर्याल, उपाध्यक्षमा रमेश अर्याल, सचिवमा जनकबन्धु अर्याल, सहसचिवमा नवराज अर्याल, कोषाध्यक्षमा भरत अर्याललगायत ६ सदस्यहरु रहेका छन् ।
समाजका जेष्ठ सदस्य १०४ वर्षीया मनकला अर्याल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रम उहाँले आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सो अवसरमा सचिव राजेन्द्र अर्यालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रमेश अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
समाजका अध्यक्ष धुवराज शर्मा अर्यालको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा जनकबन्धु अर्यालले स्वागत मन्तव्य दिनुभएको थियो ।
Discussion about this post