अमरापुरी । डिभिजन सहकारी कार्यालय नवलपरासीको आयोजनामा सुरु भएको तालिम शनिबार समापन भएको छ । आव ०७०÷०७१ को वार्षिक कार्यक्रमअनुसार सहकारी सम्बन्धी सचेतना दिने उद्देश्यले संचालन गरिएको हो ।
उक्त तालिममा अमरापुरीका सम्पूर्ण सहकारी संस्थामा आवद्ध अध्यक्ष, सचिव, लेखासमिति लगायत ३० जना सदस्यहरुको सहभागिता रहेको थियो । डिभिजन सहकारी कार्यालय नवलपरासीका लेखापाल प्रकाश आचार्य र सहकारी निरीक्षक शोकबहादुर कुमालले सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहकारीको परिभाषा, सहकारीको सिद्धान्त, मूल्य मान्यता र संस्थाले पालना गर्नुपर्ने नीतिनियम जस्ता विषयवस्तुमा प्रकाश पारिएको थियो ।
–कमला अधिकारी
Discussion about this post