भरतपुर । चितवनका विभिन्न सञ्चार माध्यममा शुक्रबार प्रकाशित समाचारहरुप्रति विभिन्न संघ÷ संस्थाहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
नारायणी यातायात व्यवसायी संघ मुख्य कार्यालय हेटौडा, नारायणी यातायात कर्मचारी संघ मुख्य कार्यालय हेटौडा, क्षेत्रीय शाखा चितवन, बीरगञ्ज, काठमाण्डौले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नो संघसँग आवद्ध राजन कार्कीलाई जिल्लाकै “क” श्रेणीको गुण्डा र फरार व्यक्ति भनी समाचार सम्प्रेषण भएकोप्रति आपत्ति जनाएको छ ।
नारायणी यातायात व्यवसायी संघका महासचिव बद्रिप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा आफ्नो संघ अन्तर्गतको कर्मचारी संगठनका अध्यक्ष कार्की विगत १८ वर्षदेखि निरन्तर अनुशासित कर्मचारीको रुपमा कार्यरत रहेको बताइएको छ । यस्तै कार्की आज पनि संघको सम्पर्कमा रहेको भन्दै विज्ञप्तिमा समाचारमा फरार भनिएकोप्रति आपत्ति जनाइएको छ ।
यसैगरी नेपाल ट्रेड युनियन काँग्रेस चितवनले पनि शुक्रबारै एक विज्ञप्ति जारी गर्दै नेपाल यातायात मजदुर संघका जिल्ला सल्लाहकार तथा ट्रेड युनियन काँग्रेस चितवनका उपाध्यक्ष राजन कार्कीको चरित्र हत्या हुने गरी प्रहरीको स्रोत जनाउँदै केही सञ्चार माध्यमहरुले भ्रमपूर्ण र निराधार समाचार प्रकाशन प्रसारण गरेको भन्दै कडा विरोध जनाएको छ । यसै विषयलाई लिएर नेपाल यातायात मजदुर संघले पनि एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति विरोध जनाएको छ
रामजानकी बालिकाश्रम भरतपुर–१ देवघाटले पनि एक विज्ञप्ति जारी गरी सो समाचारले कार्कीको चरित्र हत्या भएको जनाउँदै दुःख प्रकट गरेको छ ।
Discussion about this post