ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भारतीय निर्वाचनको सन्देश

by चितवन पोष्ट
२०७१ जेष्ठ ११, आईतवार ०४:५३ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

डा. टीकाराम पोखरेल
भारतीय लोकसभाका लागि भएको पछिल्लो निर्वाचनमा भारतीय जनता पार्टीको शानदार विजय भएको छ भने भारत स्वतन्त्र भएदेखि नै अधिकांश समय सत्तामा बसेको कांग्रेसको शर्मनाक पराजय भएको छ । चुनावमा भारतीय जनता पार्टीप्रति जुन लहर देखिएको छ, त्यो भाजपाप्रतिभन्दा पनि मोदीप्रतिको जनलहरको आँकलन गरिएको छ । त्यसैले, यतिबेला भारतमा जित भाजपाको भन्दा पनि मोदीको जित हो भन्ने ढंगले विजयोत्सव मनाउने काम भैरहेको छ ।
काश्मीरदेखि कन्याकुमारीसम्म सम्पूर्ण भारत मोदीमय भएको त छ नै, विश्वको ध्यानसमेत कुनै न कुनै रुपमा मोदीमाथि केन्द्रित छ । वासिङटनले चुनावी परिणाम घोषणा हुनुअगावै नाम नलिइकन मोदीसँग काम गर्न आतुर रहेको संकेत दिइसकेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले पनि मोदी प्रधानमन्त्रीको कुर्सीमा बस्नु त कहिले हो कहिले, मतगणनाका प्रारम्भिक परिणाम आउन लाग्नासाथ मोदीमाथि बधाई बर्साइसकेका छन् । अमेरिका र पाकिस्तानले मात्र होइन, पछिल्लो समय विश्वका धेरै शक्तिशाली मुलुकहरुले मोदीमाथि तँछाडमछाड बधाई बर्साइरहेका छन् ।
भारतीय निर्वाचन परिणामलाई हेर्दा यो निर्वाचनले केही मननयोग्य सन्देशहरु दिइरहेको छ । पहिलो कुरा त जित मोदीको कि भारतीय जनता पार्टीको भन्ने प्रश्न उब्जाएको छ । अनि, हार सोनिया–राहुलको कि कंग्रेसको ? चुनावका दौरान समाचार माध्यमहरुमा भाजपा र कंग्रेसभन्दा पनि मोदी र राहुल छाए । जयजयकार भाजपाको होइन मोदीको भयो । पराजयको सहानुभूति कंग्रेसभन्दा पनि राहुलमाथि गरियो । चुनावमा नेतृत्वको मह¤वपूर्ण भूमिका हुने भएकाले कुनै न कुनै रुपमा अरु नेताभन्दा चुनावी कमान्ड गर्ने व्यक्ति चर्चामा रहनु स्वाभाविक हो, तर पार्टीभन्दा पनि बढी चर्चा भने नहुनु पर्ने हो, तर भयो । यो चर्चा व्यक्तिकेन्द्रित भारतीय राजनीतिको प्रतिबिम्ब पनि हो ।
राजनीतिमा न सधैँ हार हुन्छ, न जित । जनता जहिले पनि विकल्पको खोजीमा हुन्छन् । त्यसैले, राजनीतिमा हारजित सामान्य र स्वाभाविक कुरा हो । तर, पछिल्लो समय निरन्तर १० वर्ष सत्ता सम्हालेको कंग्रेसलाई सत्ताबाहिर पु¥याएर भाजपालाई सत्तामा पु¥याउनु जति स्वाभाविक हो, कंग्रेसलाई  एकैपटक त्यति सानो साइजमा सीमित गर्नु त्यत्तिकै अस्वाभाविक पनि हो । सशक्त प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसक्ने गरी कंगे्रसलाई पाखा लगाउँदा भोलि मोदीको सत्ता निरंकुश हुँदा कसले खबरदारी गर्ने ? इतिहासको कुनै कालखण्डमा ४०० भन्दाबढी सिट जितेको कंग्रेसले ४३ सिटमा खुम्चिएर बस्नुपर्ने स्थिति आउनु भनेको त्यो कंग्रेसको लागि मात्र होइन, भारतीय लोकतन्त्रकै लागि पनि सुखद स्थिति होइन । किनकि, लोकतन्त्रमा जहिले पनि प्रतिपक्ष कमजोर होइन, सशक्त चाहिन्छ । जब कि, कंग्रेसले ५४३ सिट भएको लोकसभामा जम्मा ४३ सिट मात्र हात पारेको छ । सम्पूर्ण सिटको १० प्रतिशतभन्दा कम सिट जित्ने दलले अब लोकसभामा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ला ?
राजनीतिक दलहरुका लागि चुनावपश्चात्को परिणाम जे होला, तर चुनावअघि नै हार स्वीकार गर्नु भनेको कुनै पनि राजनीतिक दललाई सुहाउने कुरा होइन । भोट मोदीसँग पनि थिएन, राहुलसँग पनि थिएन । उनीहरुसँग थियो त मात्र आफ्नो एक÷एक भोट थियो । मोदी र राहुल दुवैले बाँकी सबै भोट जनतालाई फकाएर आफ्नो पोल्टामा पार्नुपथ्र्यो । त्यो भोट आफ्नो पक्षमा पार्न दल, दलको नेतृत्व र उम्मेदवारलाई आत्मबल चाहिन्थ्यो । तर, यस पटकको निर्वाचनमा निर्वाचनपूर्व नै भाजपाले उत्साहपूर्वक प्रधानमन्त्रीको उम्मेदवारका रुपमा नरेन्द्र मोदीलाई अगाडि सा¥यो भने कंग्रेसले चुनावी कमान्ड राहुल गान्धीले सम्हाल्ने भने पनि प्रधानमन्त्रीका रुपमा राहुललाई अगाडि सार्न सकेन । कंग्रेसको यो लाचारीपनले जनताबीच कंग्रेसले चुनावअगाडि नै एक प्रकारले हार स्वीकार गरिसकेको सन्देश गैसकेको थियो । त्यसैले त मत परिणाम त परै जाओस्, मतदान हुनुभन्दा धेरै दिन पहिलेदेखि नै मोदी भारतको नयाँ प्रधानमन्त्री हुने अड्कलबाजी आइसकेको थियो । मोदी एक प्रकारले चुनावअगाडि नै प्रधानमन्त्री भैसकेका थिए भने राहुलले हार स्वीकार गरिसकेका थिए । चुनावी परिणामले त राहुलको चुनावपूर्वको हार स्वीकारोक्ति र मोदीको चुनावअगाडि नै भैसकेको प्रधानमन्त्री पदलाई वैधानिकता मात्र दिएको थियो ।
अहिले भारत मोदीमय भएको छ । कुनै समय दिल्लीमा अप्रत्याशित रुपमा उदाएका अरविन्द केजरीवालले पनि दिल्लीलाई मात्र नभएर सिङ्गो भारतलाई केजरीवालमय बनाएका थिए । तर, तिनै केजरीवाल अहिलेको लोकसभा निर्वाचनमा कता हराए कता ! सम्भवतः ४९ दिने सत्ताबाट पलायन नै उनको यो हविगतको कारण बन्यो । राजनीति अरुलाई फोहोर गाली गरेर आफूलाई सफा देखाउने विषय होइन, बरू फोहोर पोखरीमा हाम फालेर पोखरीलाई सफा पार्ने काम हो । दिल्लीका मुख्यमन्त्री भएर केजरीवाल फोहोर पोखरीमा हाम त फाले, तर फोहोर पोखरी सफा नगरी ४९ दिनमै नाक थुनेर भागे । त्यसैले त, दिल्ली विधानसभामा दोस्रो स्थान हासिल गरेको उनको आमआदमी पार्टीले लोकसभाको निर्वाचनमा ४ सिटमा चित्त बुझाउनुप¥यो ।
भारतीय राजनीतिमा परिवारवादको धेरै लामो श्रृङ्खला छ । भारत स्वतन्त्र भएयता कंग्रेसमा गान्धी–नेहरू परिवारको निर्णायक भूमिका मात्र होइन, नेतृत्व सधैँ उनीहरुका हातमा रह्यो । बाहिर देखिनेमा यदाकदा कंग्रेसबाट कुनै नेता प्रधानमन्त्री भए तापनि त्यसको मुख्य साँचो गान्धी परिवारमै रह्यो । भद्र मानिएका पछिल्ला प्रधानमन्त्री मनमोहन सिंहको आलोचना हुन्थ्यो भने सबैभन्दा बढी आलोचना उनी सोनियाबाट परिचालित छन् भन्ने कुरामा हुन्थ्यो । वास्तविक प्रधानमन्त्री सोनिया हुन् र मनमोहन सिंह त मोहरा मात्र हुन् भन्ने कटु आलोचना विपक्षीहरुले सिंहमाथि गर्ने गर्थे ।
भारत स्वतन्त्र भएपछि भारतमा नेहरूले १४ वर्ष एकछत्र शासन गरे । नेहरूबाट इन्दिरा गान्धी, राजीव गान्धी हुँदै अहिले चौँथो पुस्ताका राहुल गान्धीसम्म आउँदा पनि अझै कंग्रेसमा परिवारवादलाई स्थापित गर्ने प्रयास भैरहेको छ । इतिहासका धेरै कालखण्डमा परिवारवादलाई पटकपटक अनुमोदन गरेका भारतीय जनताले यसपटक भने परिवारवादलाई रूचाएनन् । योग्यता भनेको इतिहासको विरासत होइन, बरू वर्तमानलाई मूल्यांकन गरेर भविष्यको लक्ष्य तय गर्न सक्नुचाहिँ योग्यता हो भन्ने पाठ भारतीय पछिल्लो निर्वाचनले दिएको अर्को सन्देश हो ।
भाजपामा अहिले पनि लालकृष्ण अडवानीदेखि राजनाथ सिंहसम्मका एक से एक नेता छन् । उनीहरु मोदीभन्दा वरिष्ठ मात्र होइनन्, मोदीका राजनीतिक गुरू पनि हुन् । यस्ता वरिष्ठलाई पछि पार्दै प्रधानमन्त्रीको उम्मेदवार बनेका मोदीले चुनावी लहर पनि त्यसरी ल्याए कि मानौँ कि उनी भारतका लागि विधाता बन्नेवाला छन् । लालकृष्ण अडवानीहरु मोदीका अगाडि फिक्का देखिएका छन् । वाकपटुता मात्र नभएर विकासका नयाँनयाँ मोडेल ल्याउन र त्यसलाई कार्यान्वयन गराउन सक्ने क्षमताका कारण पनि मोदी भारतीय जनताका आशका केन्द्र बनेका हुन् ।
चुनावमा जनताले कुनै व्यक्तिलाई पनि हराउँदैनन् र कुनै व्यक्तिलाई पनि जिताउँदैनन्, बरू कुनै व्यक्तिका नीति, नेतृत्व र योगदानलाई जिताउँछन् । कसैले नीति, नेतृत्वको माध्यमबाट योगदान गरिसकेको रहेनछ भने आफूले छानेको उम्मेदवारले भविष्यमा आफ्नो आशाअनुरुप काम गर्ला भन्ने अपेक्षामा चुनाव जिताउँछन् । भारतीय निर्वाचनमा पनि भाजपा वा मोदीलाई जिताएको भन्दा पनि उनले गुजरातको मुख्यमन्त्री भएपश्चात् गुजरातमा गरेको परिवर्तन देखेर जिताएका हुन् । जसरी उनले छोटो समयमा गुजरातको अकल्पनीय परिवर्तन गरे, भोलि सिंगो भारतलाई त्यही परिवर्तन देलान् भन्ने आशलाई जिताएका हुन् । जनताको सरोकार मोदीको काम हो, मोदी होइनन् । मोदी त निमित्त मात्र हुन् । चुनाव मोदीले जितेको होइन, उनीप्रतिको आशाले जितेको हो । त्यो आशालाई मोदीले विश्वासमा परिणत गर्छन् कि निराशामा बदलेर स्वयम् केजरीवाल बन्छन्, त्यो भने हेर्न केही वर्ष पर्खनु पर्ने छ ।

Related Posts

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

धर्म जीवनको खोज हो

जीवनमा खुसीको महत्त्व के छ !

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
समाज

मिस धादिङको नाममा ठगी गर्ने दुई पक्राउ

धादिङ । मिस धादिङको नाममा ठगी गरेको आरोपमा धादिङको धुनिबेँसी नगरपालिका वडा नं ७ खानीखोलाबाट दुई जना पक्राउ परेका छन्...

Read more
बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

टिपरले ठक्कर दिँदा दुईको मृत्यु

दिल्लीद्वारा सन्दीप फुकुवा

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In