चितवन । लोकप्रिय गायक शितल गुरुङको नयाँ गीत मेरो माया कहाँ छ बजारमा आएको छ। भावना म्युजिक सोलुसनले बजार व्यवस्थापन गरेको गीतमा शितललाई महिला आवाजमा रुपा गुरुङले साथ दिएकी छन्। रमेश परियारको शब्द संगीतमा तयार भएको गीतलाई भावना सोलुसनकै युट्युव च्यानलबाट बजारमा पठाएको हो।
गीतको भिडियोमा भने विमल अधिकारी र अनु शाहले अभिनय गरेका छन्। काजीश श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियो भने राजेश घिमिरेले खिचेका हुन्। गायक शितल करिब दुई दसकदेखि नेपाली लोक दोहोरी गीत क्षेत्रमा सक्रिय छन्। पछिल्लो समय गीत रेकर्डभन्दा पनि लाइभ दोहोरीतर्फ उनको सक्रियता बढी देखिन्छ।
Discussion about this post