भरतपुर । भरतपुर नगरपालिकाले भूकम्प प्रतिरोधात्मक घर बनाउनका लागि सूचीमा परेका भवन निर्माणकर्ता तथा डकर्मीहरुले मात्र निर्माण गर्न पाउने नियम बनाउने भएको छ ।
सहरमा भूकम्प प्रतिरोधात्मक घर निर्माण हुनेक्रम केही बढेपनि अपेक्षाअनुसार नभएकाले अनिवार्य रुपमा यस्तो गर्न लागिएको भनपाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो ।
साथै उहाँले साउन महिनादेखि लागू हुने गरी निर्माणकर्मीको सूचीकरण गर्न लागिएको समेत जानकारी दिनुभयो । आगामी एक वर्षका लागि पहिलेको मापदण्डमा बनेको पिल्लर तथा बिमलाई एक तल्लासम्म थप्न दिने नगरपालिका कार्यकारी अधिकृतसापकोटाले जानकारी दिए । चालू आर्थिक वर्षको बैशाख महिनासम्म १ हजार ५ सय नक्सापास भइसकेको सापकोटाले बताए ।
समापन कार्यक्रमका अध्यक्ष नगरपालिका प्रमुख सापकोटाले निर्माणकर्मीलाई आफूले बनाउने घर आफ्नै घरझै ध्यान दिएर बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा भरतपुर नगरपालिका कार्यालयका भवन निर्माण तथा सहरी विकास शाखा वरिष्ठ ईञ्जिनियर भरत आचार्य, एनसेटका ईञ्जिनियर कपिल भट्टराईलगायतले बोलेका थिए ।
नगरपालिका कार्यालय र भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)स“गको सहकार्यमा पछिल्लोपटक २९ जना निर्माणकर्मी तथा डकर्मीलाई तालिम दिएको छ । ५ दिनसम्म तालिममा सहभागीलाई शुक्रबार भएको समापन कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ ।
Discussion about this post