ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्यान्सर अस्पतालमा नयाँ सेवा : दाँत र मुटुको उपचार थपिँदै

–दिपेन्द्र अधिकारी

by चितवन पोष्ट
२०७७ आश्विन २२, बिहीबार ०८:४२ गते
in प्रमुख समाचार, स्वास्थ्य
0
क्यान्सर अस्पतालमा नयाँ सेवा : दाँत र मुटुको उपचार थपिँदै
23
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा थप दुईवटा विशिष्ट उपचार सेवा थपिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अबको २ महिनाभित्र दाँत र मुटुसम्बन्धी सेवा थपिन लागेको हो ।

‘चाडबाडलगत्तै सेवा दिने गरी तयारी भइरहेको छ, कार्यकारी निर्देशक डा. गौतमले भने, ‘अब क्यान्सरको उपचार गर्न आउने बिरामीले अतिरिक्त विशिष्ट स्वास्थ्य सेवा पाउनेछन् ।’ चीनको सहयोगमा स्थापित यो अस्पतालमा हाल ४५० शøया रहेका छन् ।

दाँतको उपचारका लागि चीनबाट विशिष्ट चिकित्सकहरु समेत आइसकेको उनले जानकारी दिए । यसअघि प्रभावित बनेको न्यूरोसम्बन्धी सेवा पनि हाल नियमित सञ्चालन भइरहेको डा. गौतमले बताए । ‘हामीसँग विशिष्ट सेवा दिने डाक्टर छन्, केही अभाव भएको अवस्थामा पनि अन्य अस्पतालबाट डाक्टर व्यवस्था गरेर सेवा दिइरहेका छौँ’, कार्यकारी निर्देशक डा. गौतमले भने, ‘भएको सेवालाई प्रभावकारी बनाउने र थप विशिष्ट सेवा दिने लक्ष्य अस्पतालले लिएको छ ।’ क्यान्सरका सबैजसो साधारण उपचार यहाँ गरिने भए पनि विशिष्टीकरण गर्न लागिपरेको उनले बताए ।

अस्पतालमा अत्यावश्यक केही उपकरणहरु खरिद प्रक्रियामा रहेको उनले बताए । रेडियोथेरापीको पछिल्लो भर्सन ल्याउने तयारी भएको उनले जनाए । ‘पुराना मेसिनहरु मर्मतसम्भार र आवश्यकताअनुसार नयाँ किन्ने काम भएको छ, अस्पताललाई आर्थिक हिसाबले मितव्ययी बनाउन हामी लागिपरेका छौँ’, डा. गौतमले भने, ‘क्यान्सर अस्पतालमा अन्य विशिष्ट सेवाहरु पनि पाउने वातावरण हामी तयार पार्दैछौँ ।’

अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माले दन्त र मुटुसम्बन्धी सेवापछि अन्य विशिष्ट सेवा थप्ने योजनामा अस्पताल रहेको जानकारी दिए । कोरोनाका कारण दाँतको उपचार सेवा प्रभावित बनेको र केही समयपछि सुरू हुने उनले बताए । क्यान्सर समयमा नै पत्ता लगाएर उपचार गर्ने हो भने क्यान्सर पूर्णरुपमा निको हुने उनी बताउँछन् । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उनको भनाइ छ । अस्पतालमा मेडिसिन, न्यूरो, रेडियोथेरापी, नाक–कान–घाँटी उपचार, सर्जिकल, क्यान्सर रोकथाम, नियन्त्रण र अनुसन्धान, फिजियोथेरापीलगायतका सेवा छन् ।

भरतपुर क्यान्सर अस्पतालमा एक वर्षको अवधिमा झन्डै डेढ लाखले ओपिडी सेवा लिएका छन् । एक वर्षको अवधिमा एक लाख ४५ हजार ७७६ जनाले ओपिडी सेवा लिएकोमा ३२ हजार ८३१ जना नयाँ सेवाग्राही रहेको अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले बताए । त्यस्तै, चार हजार ८९४ जना नयाँ क्यान्सरका बिरामीले पनि सेवा लिएका छन् ।

अस्पतालमा मेडिसिनतर्फ ३५ हजार २०७, रेडियोथेरापीतर्फ २३ हजार १३, नाक–कान–घाँटीतर्फ १४ हजार ९३२ जनाले सेवा लिएका छन् । एक वर्षको अवधिमा ७ हजार ९०८ बिरामी भर्ना भएका छन् भने तीन हजार ९३९ जनाको अप्रेसन भएको छ ।

 

Related Posts

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

विद्यालयलाई युथ क्लबको सहयोग

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

Discussion about this post

अन‌ि यो पनि

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन
प्रमुख समाचार

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

खैरहनी माघ ९ गते । चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ ।...

Read more
विद्यालयलाई युथ क्लबको सहयोग

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In