कविलास । इको क्लब, कविलास उच्च मावि जुगेडीले नयाँ विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कविलास र दाहाखानी गाविसकै एकमात्र उच्च माविका रुपमा रहेको सो विद्यालयमा १३० जना नयाँ विद्यार्थी अध्ययन गर्न आएका छन् । स्वागत कार्यक्रममा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु गरिएका थिए ।
इको क्लबकी अध्यक्ष एलिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सगुन न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक पदमबहादुर प्रसाई, शिक्षकहरु सूर्यमाया सुवेदी र प्रेम बरालले मन्तव्य राख्न्ुभएको थियो ।
Discussion about this post