भरतपुर । भरतपुर–११ निवासी विष्णुबहादुर परियार तथ तविता परियारद्वारा स्वर्गीय पिताको स्मृतिमा विद्यालयलाई कम्प्युटरलगायतका सामग्री प्रदान गरेका छन् ।
१४ वर्षअघि दिवंगत पिता जितबहादुर परियारको १४औं वार्षिक पुण्यतिथिको अवसरमा परियारद्वयले भरतपुर–११ स्थित नयाँ किरण माविलाई कम्प्युटर एक सेट, फोटोकपी, फ्याक्स, स्क्यानिङ मेशिन र प्रिन्टर प्रदान गर्नुभएको हो । विद्यालय सञ्चालक समितिका सदसय चन्द्र खड्का तथा प्रधानाध्यापक कष्माखर न्यौपानेले सो सामग्री संयुक्तरुपमा बुझ्नुभएको थियो ।
Discussion about this post