नेपाली साहित्यकी महान् लेखिका पारिजातको स्मृति दिवसका सन्दर्भमा घोषित कार्यक्रमहरु अहिले समापनका क्रममा छन् । उनलाई सम्झिएर कतिपय कार्यक्रमहरु भव्यतापूर्वक नै मनाइएका छन् भने कतिपय कार्यक्रमहरु केवल औपचारिकता पूरा गर्नका लागि मात्र आयोजित भएका पनि देखिए । पूर्वघोषित केही कार्यक्रमहरु भने विविध कारणहरुले सम्भव हुन सकेनन् । पारिजात यस्ती लेखिका हुन्, जो शारीरिक रूपमा अशक्त रहे पनि मानसिक रुपमा भने सपाङ्गभन्दा पनि बढी शक्तिशाली थिइन् । जीवनको पूवाद्र्धदेखि नै उनलाई असह्य रोगले ग्रस्त बनाउ“दै लगेको थियो, यद्यपि बीसको दशकदेखि भने उनी नराम्रोस“ग नै थलिन पुगेकी थिइन् । कविता, निबन्ध, संस्मरणलगायतका विधाहरुमा पारिजातको लेखन सधै“ नै निरन्तर बगिरह्यो, तर उनलाई मूल रूपमा भने उपन्यासकारका रूपमा लिइने गरिएको पाइन्छ । नेपाली साहित्यमा रहेको उनको जबर्जस्त प्रभावलाई कम गर्न सक्ने त्यस्तै अर्की महिला लेखिकाको आजसम्म जन्म हुन नसक्नुले त्यस कुरालाई पुष्टि गरेको देखिन्छ ।
पारिजात यस्ती लेखिका हुन्, जसले सर्वप्रथम महिला लेखिकाका रूपमा नेपाली साहित्यको नोबेल पुरस्कार मानिने मदन पुरस्कार जित्न सफल भइन् । मदन पुरस्कार जित्ने एकमात्र महिला स्रष्टाका रुपमा उनी धेरै वर्षसम्म नै रहिन् । उनले यस्तो कीर्तिमान २०२२ सालमा आफ्नो सशक्त र बहुचर्चित उपन्यास ‘शिरीषको फूल’ मार्फत राखेकी थिइन् । यो कृति मदन पुरस्कार प्राप्त गरेका नेपाली साहित्यका अन्य कृतिहरुको दा“जोमा निकै अब्बल कृतिका रूपमा गणना हुन्छ । भाषा तथा शिल्पका रुपमा तथा कलात्मक प्रयोगका दृष्टिबाट समेत निकै उच्च रहेको अनि अस्तित्ववाद र विसङ्गतिवादलाई नेपाली साहित्यमा भित्र्याउनमा प्रयोगमूलक भूमिका खेलेको यस कृतिमाथि कयौ“ले विद्यावारिधिसमेत गरिसकेका छन् भने यसमाथि अहिले नेपाली चलचित्रसमेत बनिसकेको छ ।
समय र परिस्थितिको चित्रणका रूपमा लिइने साहित्यलाई तत्कालीन अवस्थाको प्रतिनिधित्वका रुपमा हेरिएको पाइन्छ । समयको कस्तो प्रकारको प्रभाव तत्कालीन समयको लेखनमा पर्छ भन्ने स्थिति पारिजात अस्वस्थ भैरहेको बेला उनले लेखेका कतिपय कविता, कथा र उपन्यासहरुमा त्यस्तो कुरालाई प्रत्यक्ष रुपमा महसुस गर्न सकिन्छ । यस सन्दर्भमा हेर्दा पनि पारिजातका प्रारम्भका कृतिहरुलाई हामीले तत्कालीन समयको दस्तावेजका रुपमा हेर्नु र बुझ्नुपर्ने हुन्छ । पारिजातका उपन्यासहरु अहिले संसारका विविध भाषाहरुमा अनुवाद भैसकेका छन् र विश्वविद्यालयहरुमा पढाइसमेत हुन्छन् । दार्जिलिङकी भएर पनि म नेपाली हु“ भन्न मन पराउने महान् लेखिका पारिजातलाई देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले बारम्बार स्मरण त गर्नु नै पर्दछ, त्यसका साथै गहिरो रूपमा उनका बारेमा अध्ययन र अनुसन्धान गर्न पनि जरूरी देखिन्छ ।
Discussion about this post