ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रहरीद्वारा ‘गुण्डागर्दी गर्ने’को वर्गीकरण,‘प्रहरी त छाडेको छैन, गुण्डा कसरी छाड्छु’ एसपी कार्की

by चितवन पोष्ट
२०७१ जेष्ठ ९, शुक्रबार ०१:३२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले एक हप्ताको बीचमा विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोपमा २८ युवालाई पक्राउ गरेको छ । ती युवाहरुको केही दिनअघि मात्रै दोस्रो पटक दस दिनका लागि म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरु विरुद्ध केही सार्वजनिक अपराध ऐन अन्तर्गत रहेर मुद्दा चलाइएको छ । गत वैशाख २८, ३०, ३१, १ र २ गते पाँच दिनको अन्तरतालमा यी युवाहरु पक्राउ परेका हुन् । चितवन प्रहरीले ती युवाहरुको तीन तहमा वर्गीकरण समेत गरेको छ ।
पक्राउ परेका मध्ये जिल्लामा आपराधिक कार्यमा संलग्नताका हिसाबले ७ जना ‘ए’ वर्गको गुण्डागर्दी गर्ने युवा रहेको चितवन प्रहरीले जनाएको छ । ‘ए’ वर्गमै पर्ने केही भने फरार रहेको प्रहरीले जनाएको छ । पटके अपराधका आधारमा उनीहरुको वर्गीकरण गरिएको हो । ‘ए’ वर्गमा सूचीकृत हुनेमा नेपाली काँग्रेस निकट तरुण दलका प्रमिश राई, एमाले निकट युवा संघका प्रकाश रेग्मी र एमाओवादी निकट वाईसीएलका नीति राई रहेका छन् ।
त्यस्तै अन्य युवाहरुमा मंगलपुरका हेमन्त बास्तोला, यूकुमार गुरुङ (भड्डु), गौरवबाबु ढकाल र गौतम लामा रहेका छन् । कान्छी भनिने यमबहादुर कार्की, मुसे भनिने वचन कार्की, कानकुइये भनिने अनिल परियार, डुँडे भनिने विष्णु पाण्डे र राजन कार्की फरार रहेको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो ।
पक्राउ परेका २८ जना मध्ये दस जना ‘बी’ वर्गका युवाहरु रहेका छन् । जसमा भरतपुरका चन्द्र तिमिल्सिना, कुमरोजका विवेकदास श्रेष्ठ, भरतपुरका वैभव श्रेष्ठ, उत्सव अधिकारी, सन्जोक लामा, सुवास गुरुङ, सिमसन तामाङ, शैलेश तामाङ, भिष्म खनाल र मंगलपुरका नन्दप्रसाद भट्ट रहेका छन् ।
‘सी’ वर्गका ११ जना युवाहरु रहेको प्रहरीले जनाएको छ । जसमा भरतपुरका विश्वास रायमाझी, किर्तन श्रेष्ठ, शारदानगरका अमृत तामाङ, गुञ्जनगरका शिव थापामगर, सोही ठाउँका राज घले र नवीन थापामगर तथा बारा जिल्ला घर भई हाल भरतपुर बस्ने ईश्वर राई, कृष्ण फँुयाल, सुरज तामाङ, संजय राई र झापाका आशिष कँडेल रहेका छन् ।
पक्राउ परेका मध्ये सबै भन्दा बढी उमेरका अर्थात् ३८ वर्षका चन्द्र तिमिल्सिना र सबैभन्दा कम १७ वर्षका गुञ्जनगर निवासी अमृत तामाङ र शिव थापामगर रहेका छन् ।
यी युवाहरुलाई विना कसुर पक्राउ गरिएको भन्दै उनीहरु सम्बन्ध राजनैतिक संघसंगठनले विज्ञप्ति जारी गरिरहेका छन् । विज्ञप्ति जारी गरेर घटनाको विरोध गरेपनि आफूलाई यी युवा छुटाउनका लागि कुनै पनि दलका नेताले फोन नगरेको एसपी प्रद्युम्न कार्कीले बताउनुभयो । ‘कसैले एक कल फोन गर्ने हिम्मत गरेको छैन’, एसपी कार्कीले भन्नुभयो, ‘अपराध र अपराधीसँग कुनै सम्झौता नै हुन सक्दैन ।’
‘कानुन भन्दा बाहिर गएका आफ्नै संगठनकालाई मैले छाडेको छैन, समाजमा आतंक मच्चाउनेलाई झन कसरी छाड्नु ?, एसपी कार्कीले भन्नुभयो, ‘बढ्दो गुण्डागर्दी विरुद्ध अब चितवनवासी सचेत हुनु जरुरी छ ।’
चितवन प्रहरीले आचरणविपरीत काम गरेको भनी नौ महिनाको बीचमा ४ अधिकृतसहित ३५ प्रहरीलाई कारबाही गरेको छ । विगत नौ महिनाको अवधिमा प्रहरीचौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मका निकायमा रहेर काम गर्ने प्रहरी कारबाहीमा परेका हुन् ।
गुण्डागर्दी नियन्त्रण नभएसम्म समाज विकास नहुने भन्दै उहाँले आफ्नो प्रमुख उद्देश्य नै यहाँ रहुञ्जेल गुण्डागर्दीलाई नियन्त्रण गर्ने रहेको बताउनुभयो ।

Related Posts

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

Discussion about this post

अन‌ि यो पनि

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
प्रमुख समाचार

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताउने...

Read more
कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In