भरतपुर । बालश्रम शोषण सम्बन्धी समाचार यसै पत्रिकामा प्रकाशित भएपछि रुची चमेना गृह भरतपुरले कार्यरत बालबालिकालाई तुरुन्तै हटाएको छ । प्रमुख जिल्ला अधिकारीले चमेना गृह सञ्चालकलाई यस सम्बन्धमा निर्देशननात्मक आदेश दिनुभएको थियो ।
यस गृहमा बिहीबार जिल्ला प्रशासनको खाद्य निरीक्षण एकाइले अनुगमन गरेको थियो । ‘अनुगमनमा जाँदा बालक भने हटाइसकिएको पाइयो, सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भन्नुभयो, ‘त्यहाँ देखिएका अन्य समस्याहरु समाधान गर्न निर्देशन दिएका छौं ।’ साथमा गुणस्तरीय खाना खुवाउन र नियमित सरसफाइमा ध्यान दिन भनिएको सहायक प्रजिअ गेलालले बताउनुभयो ।
अस्पताल जस्तो संवेदनशील स्थानमा सञ्चालित चमेना गृहमा देखिएको लापरवाहीपन निकै दुःखदायीपूर्ण भएको उहाँले बताउनुभयो । अनुगमन टोलीले क्यान्टिनलाई घरेलु कार्यालयमा दर्ता गर्न पनि निर्देशन दिएको छ ।
Discussion about this post