भरतपुर । नेपाल राष्ट्रिय अभिभावक संघ जिल्ला समिति चितवनले अचाक्ली गर्मी बढेको हुँदा वर्षे बिदा कट्टा हुने गरी केही दिनको लागि जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्न माग गरेको छ । संघका अध्यक्ष टेकबहादुर थापाले विज्ञप्ति जारी गरी गर्मीका कारण विद्यार्थीहरुमा बिहोस् हुने, बिरामी हुनेजस्ता गतिविधि बढेको हुँदा सम्पूर्ण विद्यालयहरु बिदा कटिने गरी बन्द गर्न अपिल गर्नुभएको छ ।
Discussion about this post