सन्तोष भुसाल
नया“ वर्Èको आगमनको पूर्वसन्ध्यामा सुरू भएको नया“ राजनीतिक शक्ति निर्माणबारेको बहसले मिडियामा सरगर्मी बढेको छ । नया“ र निर्णायक राजनीतिक शक्तिको आवश्यकता, उदयको सम्भावना तथा औचित्यताका बारेमा विभिन्न राजनीतिज्ञ, सञ्चारकर्मी तथा विश्लेÈकहरुको धारणा सार्वजनिक भैरहेका छन् । कुनै पनि विÈयमा गरिने बहस तर्कपरक कम र तथ्यपरक बढी भएमा एउटा निष्कर्Èमा पुग्न सकिन्छ भन्ने यो लेखकको मान्यता छ । पछिल्लो एक महिनामा मिडियामा आएका विभिन्न नेता, पत्रकार तथा विश्लेÈकहरुको नया“ शक्ति निर्माणबारेको दृष्टिकोण हेर्दा एउटा पÔ नया“ र निर्णायक शक्तिको उदय अपरिहार्य रहेको देख्ने र अर्को पÔ त्यस्तो शक्तिको चर्चा नै असान्दर्भिक देख्नेगरी दुई ध्रुवमा विभक्त भएको पाइन्छ । एउटा पÔ नया“ शक्ति निर्माणबारे थालिएको बहस बेतुकको चर्चा हो भन्ने निष्कर्Èमा पुगेको छ भने अर्को पÔ मुलुकको वर्तमान संकटपूर्ण स्थिति र राजनीतिक बेथितिको स्थिति निम्तिनुमा हाल अस्तित्वमा रहेकै दलहरु जिम्मेवार छन् र उक्त समस्याको समाधान गर्ने काम ती दलहरुबाट असम्भव प्रायः देख्छ ।
निश्चय पनि बहुदलीय व्यवस्थामा सत्ताको बागडोर सम्हालेका दलहरुको असफलताले नै नया“ दल गठनको आवश्यकता निम्त्याउँछ र त्यसका आधारहरु तयार पार्दछ, जुन बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्वाभाविक प्रक्रिया पनि हो । कुनै विश्लेÈक वा नेताले स्वीकार गर्नु वा नगर्नुले नया“ दलको उदयलाई निर्धारण गर्दैन । त्यसैले, नया“ शक्ति निर्माणको पÔमा रहेकाहरु हच्किनु पर्ने कुनै कारण देखि“दैन । नया“ शक्तिको निर्माणबारेको बहसलाई असान्दर्भिक, हावाको महल र फगत हल्लीखल्लीजस्ता संज्ञा दिने ध्रुवको पनि यस बहसमा भएको संलग्नतालाई त्यस्तो शक्ति निर्मार्णको पÔमा रहेको ध्रुवले सकारात्मक रुपमा नै लिनुपर्दछ । नया“ शक्ति निर्माणको विपÔमा रहेको ध्रुवको संलग्नताले वास्तवमै नया“ शक्ति निर्मार्णका आधारहरु पहिल्याउन झनै सहज बनाइदिएको छ । विशेषगरी, सैद्घान्तिक पÔलाई बढी मह¤व दिनेहरु हाल अस्तित्वमा रहेकै दलहरुबाट मुलुक समृद्घिको बाटोतर्फ लम्किने आत्मविश्वासमा छन् । सिद्घान्तबिनाको राजनीतिले जनपरिचालन गर्न नसक्ने तर्कसमेत गर्दैछन उनीहरु । के हाल ठूला र निर्णायक तहमा रहेका दल कांगे्रस, एमाले र एमाओवादी उनीहरुले भन्ने गरेको सिद्घान्तमा चलेका छन् त ? यदि सिद्घान्तबाट निर्देशित भएका भए एउटै दलको सरकार ढलेर फेरि उही दलको अर्को नेताको नेतृत्वमा सरकार गठन हुने परिस्थिति किन निम्तिन्छ ? एउटै सिद्घान्त मान्ने र त्यही सिद्घान्तबाट निर्देशित व्यक्तिहरुको संयोजनबाट दल निर्माण भएका भए यस्तो परिस्थिति ननिम्तिनु पर्ने हो । आफ्नै दलको सरकार ढालेर फेरि उही दलको अर्को नेताको नेतृत्वमा सरकार गठन हुनुले सिद्घान्तबाट निर्देशित रहेको कुनै छनक दिन्छ वा अवसरवादबाट निर्देशित रहेको पुष्टि गर्दछ ? यो २०४६ यता हामी नेपालीले देखेको तथ्य हो, कुनै तर्क होइन ।
दलहरुले रटान दिने गरेको सिद्घान्तलाई आधार मानेर दलको मूल्यांकन गर्ने कि ती दलले गरेका कामको आधारमा ? सबै दलका समर्थकहरु आफू आबद्घ रहेको दलको सिद्घान्त राम्रो मान्छन् । त्यसो भएपछि सबै दलको सिद्घान्त राम्रै छ भन्नुपर्ने भयो । सबै दलको सिद्घान्त राम्रो हु“दाहु“दै पनि जनताको जीवनस्तर किन उदेक लाग्दो भयो ? यसबाट बुझ्नुपर्ने हुन्छ, सिद्घान्त राम्रै भएता पनि दल सञ्चालन गर्ने नेतृत्वको नैतिकता, आचरण र चरित्रले मुख्य भूमिका खेल्ने रहेछ । संसदीय व्यवस्थाको चर्को वकालत गर्ने कांग्रेसकै कुरा गरौ“ । हाल राष्ट्रपति पदमा आसीन रामवरण यादवलाई कुन संसदीय मान्यताको आधारमा बचाउ गरिरहेको छ कांग्रेस ? कुन संसदीय व्यवस्थाको मान्यताले एक संसद्बाट निर्वाचित राष्ट्रपति अर्को संसद्को निम्ति पनि राष्ट्रपति बन्न सक्छ ? यो कुन मान्यता र कुन सिद्घान्तअनुसार भएको काम हो ? आफूलाई कम्युनिस्ट बताउने एमाले र एमाओवादी कुन सिद्घान्तअनुसार संसदीय व्यवस्थामा छन् ? वरिष्ठ पत्रकार रवीन्द्र मिश्रको दृष्टिमा सिद्घान्तवादी अन्धा भएता पनि वास्तवमा दलहरुको कार्यशैलीले सिद्घान्तवादी अन्धासमेत नभएर अवसरवादी भएको पुष्टि गर्दछ ।
निर्णायक भूमिकामा रहेका दल कांग्रेस, एमाले र एमाओवादीबाट नै मुलुकले निकास पाउने र राजनीतिक प्रक्रिया पनि सुदृढ हुनेमा विश्वस्त हुनेहरुको आशाको केन्द्रमा रहेका गगन थापा, गोकर्ण विष्टहरुले आ–आफ्ना दलको शुद्घीकरण गर्न सक्दैनन् भन्ने कुरा स्वयम् गगन र गोकर्णहरुको बेलाबखत बाहिर आउने गरेका अभिव्यक्तिले नै पुष्टि गर्दछ । त्यसमा पनि युवा जमातका ढुकढुकी बनेका गगन थापाका अभिव्यक्ति त झन् कहालीलाग्दा छन् ।
केही वर्Èअगाडि मात्रै एक टेलिभिजन अन्तरवार्तामा दलहरुको गाउ“देखि केन्द्रसम्मको संरचना मक्किइसकेको अभिव्यक्ति दिएका गगनले आफ्नो दलको नेतृत्व तहमा पुगी कुनै अलौकिक शक्तिको प्रयोग गरी आफैँले भनेका ती मक्किएका संरचनाहरुलाई पुनर्जीवन दिएर सिंगो राष्ट्रलाई नै समृद्घिको बाटोमा हिँडाउन सÔम होलान् भनेर सोच्नु वीरवलको खिचडी पाक्नुजस्तै हो । मंसिर ४ को निर्वाचनलगत्तै समानुपातिकतर्फ ‘महाराजगञ्ज दरबार’ र ‘बूढानीलकण्ठ दरबार’ को हुकुम प्रमाङ्गीबाट सभासद् नियुक्त भए भन्ने गगन थापाको अभिव्यक्ति सबैलाई सम्झना हुनुपर्ने हो । युवाहरुलाई बूढाखाडाहरुले टाउको उठाउन नदिएको भन्दै अब सबै दलबाट बूढाखाडा नेतृत्वको ढिक्कै बाहिर निस्किएर युवालाई नेतृत्व सुम्पिनुपर्दछ भनेर पटकपटक भन्ने गगन थापाले त्यो ढिक्कासँग लड्न सक्लान् भनेर कसैले विश्वास गर्छ भने त्यो स्वैरकल्पना मात्र हुन्छ । अन्य दलमा रहेका विभिन्न गगन र गोकर्णहरुको वास्तविक स्थिति पनि यस्तै हो ।
अब पनि बूढाखाडाको ढिक्काले हामी युवालाई केही गर्न दिएन भन्दै युवाहरुको सहानुभूतिको भोट बटुल्ने राजनीतिक चलाखी गर्दै आफ्नो जीवन मात्र परिवर्तित बनाउने कि त्यो बाधक ढिक्कालाई नै विस्थापन गर्ने गरी छोटो बाटोबाट सिंगो राष्ट्रकै उन्नति गर्न मह¤वपूर्ण भूमिका खेल्न सकिने स्थानमा पुग्ने भन्नेबारेमा अब सबै दलका गगन र गोकर्णहरुले निर्णय लिन ढिलाइ गर्नुहु“दैन । यसो भन्दा केही वर्È हामी संघर्È गर्छौं र त्यो ढिक्कालाई तल झार्छौं भन्ने मनोभावना उब्जिएला, तर त्यो सोच्दै गर्दा यो पनि स्मरण रहोस्– हालका गगन र गोकर्णहरु त्यो हैसियतमा पुग्दासम्म नया“ गगन र गोकर्णहरु जन्मिसकेका हुन्छन् र ती नया“ गगन र गोकर्णहरुलाई मार्ग प्रशस्त गरिदिनु पर्ने उमेरमा हालका गगन र गोकर्णहरु पनि पुगिसकेका हुनेछन् । यदि छोटो बाटोबाट आजसम्म बाधक रहेको बूढाखाडाको ढिक्कालाई विस्थापन गर्ने हो भने त्यो छोटो बाटो नया“ राजनीतिक शक्तिबाहेक अरु हुनै सक्दैन ।
जुन राजनीतिक शक्ति वरिष्ठ पत्रकार रवीन्द्र मिश्रले आफ्नो लेखमा उल्लेख गरेको परोपकारी राज्य र उदारवादी परोपकारी अर्थनीतिको अवधारणामा आधारित भई राजनीतिबाहिर रहेका विभिन्न पेसा र Ôेत्रका विश्वासिला, लोकप्रिय र नेतृत्व Ôमता भएका व्यक्तिहरु र विभिन्न दलका विश्वासिला र लोकप्रिय व्यक्तिहरुको संमिश्रणबाट गठन हुन सम्भव छ । यसो भन्दा सिद्घान्तलाई बढी मह¤व दिनेहरुको कित्ताबाट प्रश्न उठ्न सक्छ, हाल विभिन्न सिद्घान्तका नाममा राजनीति गरेका व्यक्तिहरु एउटै दलमा कसरी अटाउन सक्छन् र कसरी एउटै पार्टी विधानमा बा“धिन सक्छन् ? यस प्रश्नको उत्तर स्वयम् प्रश्नकर्ताले नै निकाल्ने छन् । त्यसका निम्ति प्रश्नकर्ताको ध्यान यस विÈयमा केन्द्रित गर्नुपर्ने हुन्छ । हामी नेपालीहरु अहिले जुन किसिमको प्रक्रियाबाट नया“ संविधान बनाउने प्रयासमा छौँ र जुन संविधानले मुलुकको सम्पूर्ण समस्या समाधानको बाटो खुला गरिदिने विश्वासमा छौँ, त्यो नै नया“ राजनीतिक शक्ति निर्माणका निम्ति गरिएको प्रस्तावलाई पुष्टि गर्ने दह्रो आधार हो । विभिन्न सिद्घान्त र वादका अनुयायीहरुको समिश्रण रहेको संविधानसभाबाट फरक–फरक सिद्घान्त र वादका भक्तहरुलाई स्वीकार्य हुने एउटा संविधान आउन सक्छ त ? अनि ती सबै वादका भक्तहरु एउटै संविधानभित्र अटाउलान् र उनीहरु त्यो संविधानमा बा“धिन सक्लान् ? यी विभिन्न प्रश्नहरुको उत्तर नै माथि उठाइएको सम्भावित एउटा प्रश्नको उत्तर हुनेछ ।
माथि नया“ शक्तिबारेको चर्चा गरियो, अब चुनौतीका बारेमा कुरा गरौ“ । नया“ दल निर्माण गर्नु नै नया“ शक्ति निर्माण हु“दै होइन । नया“ दल निर्णायक दलका रुपमा जनताबाट अनुमोदित भई स्थापित हुनु मह¤वपूर्ण कुरा हो । अब नया“ शक्ति निर्माणको ठोस पहल गर्ने नै हो भने त्यो पÔले विविध चुनौतीहरुको सामना गर्न पनि तयार रहनु पर्ने हुन्छ । पहिलो चुनौती भनेको जनविश्वासको हो । सयौँको संख्यामा रहेका दलहरुका बीचमा एक अर्को दल थपि“दैमा त्यो दलले जनविश्वास प्राप्त गरी शक्तिको रुप लिइहाल्छ भन्ने छैन । नया“ दलका नाममा सत्तामा पु¥याएपछि कांग्रेस–एमालेकै रुप धारण गर्न पुगेको एमाओवादीलाई हेरेर आजित जनताले नया“ दललाई तत्काल विश्वास गर्नुपर्ने कुनै दह्रो आधार प्रस्तुत भएको पनि छैन । हाल अस्तित्वमा रहेका ठूला दलहरुको विकल्पमा अर्को दल नै नखुलेकाले यी दल निर्णायक दल बन्न पुगेका पनि होइनन् । निर्वाचनबाट जनताले मत दिएर नै निर्णायक दल बनेका हुन् । तर, सयौँको संख्यामा दलहरु हु“दाहु“दै पनि लगातार तीन दललाई नै ठूलो दल बन्ने मौका जुर्नुका पछाडि यी दलहरुको सकारात्मक कामको प्रभाव भने पटक्कै होइन । वास्तवमा सिद्घान्तको आधारमा मत दिने जनताको संख्या नेपालमा निकै कम छ । यसको मुख्य कारण वंशजका आधारमा तय गरिने राजनीतिक धारणा हो । जतिसुकै शिÔित र सचेत भनिएता पनि अधिकांश पढेलेखेका र सचेत युवावर्ग नै वंशजका आधारमा आफ्नो राजनीतिक धारणा तय गर्ने गरेको पाइन्छ ।
प्रजातन्त्रमा व्यक्तिले आफ्नो इच्छाले दल चयन गर्दछ भन्ने सैद्घान्तिक मान्यता आफ्नो ठाउ“मा सही होला, तर अधिकांश नेपालीको राजनीतिक दृष्टिकोण पारिवारिक पृष्ठभूमिका आधारमा हुने गरेको तथ्यलाई बिर्सन मिल्दैन । २००७ र २०४६ सालदेखि गाउ“गाउ“सम्म संगठन विस्तार गरेका दलहरुको विकल्प बनेर आउने काम नया“ दलका निम्ति त्यति सहज हुनेछैन । २००७ सालमा हजुरबुबाले रोजेको दल अनि २०४६ र २०६३ सालमा बुबाले रोजेको दलकै समर्थक बनिरहनुपर्दछ भन्ने गलत मानसिकताबाट ग्रसित नेपालीहरुको ठूलो हिस्सालाई त्यो कर्मकाण्डी सोचबाट मुक्त पार्ने ल्याकत नया“ राजनीतिक शक्ति निर्माणको पहल गर्नेहरुसँग छ वा छैन, त्यसैले नया“ शक्ति स्थापित हुने वा नहुने कुराको टुंगो लगाउ“छ । यसका अलावा हाल विभिन्न दलहरुका आडमा व्यक्तिगत स्वार्थपूर्ति गर्न पल्किएका र अरुको मेहनतले तयार भएको ठूलो दलको फेरो समातेर आफूलाई सुरÔित ठान्ने प्रवृत्ति बोकेकाहरुको मानसिकता बदल्ने ठोस प्रयास नया“ शक्ति निर्माणमा संलग्नहरुले गर्न सक्छन् वा सक्दैनन् भन्ने चुनौतीको तगारो तेर्सिएको छ । तर, हरेक युगले आफूलाई आवश्यक परेको कुरा पैदा गरेको इतिहास पनि छ र यो प्राकृतिक नियम पनि हो । के नेपालमा मात्र यो नियम नलाग्ला त ? त्यसैले, कसैले चाहेर वा नचाहेर पनि नया“ शक्ति निर्माण हुन्छ नै । मुलुकले युगनायक खोजेको छ, त्यो मुलुकले अवश्य
पैदा गर्छ ।
¨¨
Discussion about this post