स्वयम्भुनाथ कार्की
आत्मवृत्तान्त पुस्तकभरि जति घटना तथा पात्रहरु छन्, तिनमा प्रायःजसो सबैले बीपीलाई स्नेह गरेका छन् । बीपीको प्रशंसा भएका घटनाले पुस्तक भरिभराउ छ । पिताजीले (कृष्णप्रसाद कोइराला) प्रायः बीपीलाई नै साथ लिएर हिँड्ने गरेका थिए । अन्य छोराछोरीलाई पनि त्यसरी साथ लिएको हुन सक्छ, स्नेह पोखेको पनि हुन सक्छ । तर, पुस्तकमा त्यस्तो दृष्टान्त छैन । टेढीमा आफ्नो घरमा काम गर्ने मनरियालाई जिस्क्याएबापत पिताजीबाट दुई झापड खाएबाहेक उनले अरु कुनै हप्काइसम्म पनि व्यहोर्न परेको थिएन । बाल्यकालमा पुल्पुल्याई पाएपछि मान्छेमा जिद्दीपन बढ्दै जान्छ, यस्तो जिद्दी बीपीमा पनि केही मात्रामा देखिन्छ । तर, बीपीले आफ्नो स्वभावको त्यो भागलाई सहजतापूर्वक अडिग रहने व्यक्तिका रुपमा रुपान्तरण गरेका थिए । बनारसको अस्सीघाटमा भएको गान्धीको सभामा दाजु मातृकाले रोक्दारोक्दै पनि ‘म स्कुल बहिष्कार गर्छु’ भन्न पुगेका थिए । उनको यो कदमलाई समर्थन गर्न मातृकालाई कर नै प¥यो । तर, पिताजी रिसाउने डरले बीपीले नभनुन्जेल यो कुरा भन्ने मातृकालाई हिम्मत नै भएन । अब यो मातृकाको अवसरवादिता थियो कि पिताजीका दुलारा बीपीले पहिलेभन्दा दण्ड कम होला कि भन्ने सोचाइ थियो, त्यसतर्फ विचार गर्नुको कुनै अर्थ छैन ।
बीपीको बनारस पढ्न जाने इच्छा पूर्ण गर्न बहिनी नलिनी रसानिमाले आफ्नो सुन दिइन् । दरभंगामा रहेका मातृकाले आफूले पाउने गरेको महिनाको पन्ध्र रूपैयाँबाट चार रूपैयाँ महिनैपिच्छे बीपीलाई बनारस पठाइदिन्थे । हजुरआमाको घरमा दुई छाक खान र बस्नको प्रबन्ध भइसकेपछि मातृकाले पठाइदिएको चार रूपैयाँ फिस तिर्नलगायत अन्य जरूरतको निमित्त पर्याप्त हुन्थ्यो । बीपीले स्कुलमा पनि शिक्षक, साथी, विद्यार्थी सबैको माया तथा स्नेह पाए । वादविवाद प्रतियोगिता होस् वा अंग्रेज गभर्नरको स्कुल आगमनको बेला, कविता पाठ गर्न बीपी नै अगाडि सारिन्थे । गान्धीवादीहरु हुन् वा आतंकवादी सबैसँग बीपीको सम्पर्क थियो, दुवै बीपीलाई मह¤व दिन्थे । सन् १९३० दसैँतिर आतंकवादीहरुसँग लागेकोमा समातिएर रेल मार्फत जाँदा देख्नेहरुले देवपुरूष भनेर श्रद्धापूर्वक फूलहरु चढाएको, आफूलाई हिरोजस्तो महसुस भएको कुरा बीपीले परिच्छेद ५ मा उल्लेख गरेका छन् ।
बनारसमा हु“दा नै ठूला समालोचक, संवेदनशील लेखक शान्तिप्रिय द्विवेदीसँग भेट भयो । द्विवेदीले उनलाई पो मह¤व दिए । पुस्तक तथा लेखकहरुका बारेमा बताउने मात्र हैन– मैथलीशरण गुप्त, रामकृष्ण दास, जयशंकरप्रसादजस्ता साहित्यकारहरुको जमघटमा उनको पहु“च पनि गराइदिए । यतिमात्र हैन, प्रेमचन्दले सम्पादन गर्ने मासिक पत्रिका ‘हंस’ मा लेख्ने प्रेरणा पनि दिए, जसमा उनको पहिलो अतिथि भन्ने लेख छापियो पनि । बाल्य तथा किशोर अवस्थामा बीपीसँग सम्पर्कमा आएका सबैजसो महिलाहरुले उनलाई स्नेह गरेको कुरा बीपीले धेरै स्थानमा उल्लेख गरेका छन् । महिलाहरुको उनीप्रतिको यो आत्मीयता पछिसम्म कायम रहेको कुरा पनि बीपीले उल्लेख गरेका छन् । महिलाहरुको बीपीप्रतिको यही आकर्षण देखेर हो वा किन हो, बिजु पटनायकले आफूलाई ‘तपाईं पनि छोकरीबाज खूब गर्नुहुन्छ जस्तो लाग्छ’ भनेको कुरा परिच्छेद ३७ मा उनले उल्लेख गरेका छन् ।
चाहे तत्कालीन अमेरिकी राष्ट्रपति आइसन हावर हुन् वा धनाढ्य रकफेलर, आपूmसँग प्रभावित भएको कुरा बीपीले उल्लेख गरेका छन् । यहाँसम्म कि भारतीय पत्रकार प्रेम भाटियाले आफूसँग प्रभावित भएर आफूलाई ‘भारतको प्रधानमन्त्री कस्तो हुनुपर्छ, आज मैले त्यसको नमुना देखेँ’ भनेर भनेको कुरा परिच्छेद ५२ मा उनले उल्लेख गरेका छन् ।
मुलुकभित्र पनि राजा त्रिभुवन आफ्ना पारिवारिक भेलामा बीपीलाई विशेष आग्रहसाथ बोलाउने गर्दथे । महेन्द्रले त आफ्नो व्यक्तिगत समस्यासमेत बीपीसँग सल्लाह गर्ने गरेको कुरा उनले उल्लेख गरेका छन् । गृहमन्त्री छ“दा आफूमाथि सांघातिक आक्रमण गर्ने गोर्खा दलको नेता संसद्मा विरोधी पक्षको नेता भएर पनि भरत शमशेरले आफ्ना १८ सांसद्ले बीपीलाई अप्ठ्यारो परेमा समर्थन गर्ने कुरा गरेका प्रसंग बीपीले उल्लेख गरेका छन् ।
यसरी सबैको प्यारो भएका बीपी धेरै ठाउ“मा केही जिद्दीजस्तो पनि देखिन्छन् । कतिपय मह¤वपूर्ण निर्णयहरु साथीहरुको सल्लाहको विपरीत गएर पनि लिएका छन् । मातृकालाई प्रधानमन्त्रीबाट हटाउँदा टेलिफोन, बिजुली सबै काटिएको थियो, तर १७ सालमा बीपीलाई नजरबन्द गर्दा पनि कुनै किसिमको भौतिक सुविधा दिइएको थियो । परिच्छेद ५७ मा बीपीलाई अन्य सुविधाबाहेक दैनिक ४५ रूपैयाँ भत्तासमेत दिइएको उल्लेख गर्दछन् । त्यसबेला यो रकम एक तल्लो कर्मचारीको एक महिनाको तलबको हाराहारी, अझ ज्यादा हुन्थ्यो । यसरी सबैको माया र स्नेह पाउँदापाउँदै पनि सत्ता सञ्चालनको बेलामा भने बीपीले आफू एक्लिएको कुराको गुनासो गरेका छन् । अरु त अरु पार्टीबाट पनि आफूलाई सहयोग नभएको, बाहिर तीव्र विरोध भएको, अझ यहाँसम्म कि यस्तो आत्मीयता भएका नेहरूले पनि आफूसँग द्वेषजस्तो राखेको उनलाई लागेको थियो । के यो सबैको माया पाएर विकसित भएको उनको जिद्दीपनको परिणाम थियो वा अन्य कुनै कारण, त्यो भने भविष्यमा सोधको राम्रो शीर्षक हुन सक्छ ।
(https://www.facebook.com/swayambhukarki?ref=hl)
Discussion about this post