ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भरतपुर अस्पतालभित्रको क्यान्टिनमा बालश्रम शोषण, गुणस्तरहीन खाना बिक्री भएको गुनासो

by चितवन पोष्ट
२०७१ जेष्ठ ८, बिहीबार ०२:१६ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर अस्पतालभित्र संचालनमा रहेको रूचि चमेना गृहमा उपलब्ध खाजा तथा खाना गुणस्तरहीन भएको बिरामी तथा आफन्तले गुनासो गरेका छन् । सरसफाइ राम्रो नभएको, भान्सा फोहोर भएको पटक–पटक गुनासो आए पनि यस क्यान्टिनबाट समाधान गर्ने पहल भएको छैन ।
पकाउनका लागि ल्याइएका खाद्यवस्तुहरु कमसल हुने र त्यसैका कारण पनि गुणस्तरहीन खानेकुरा पाक्ने गरेको यस गृहमा खाना र खाजा खानेहरु बताउँछन् । यस क्यान्टिनमा पकाइएका वस्तुमा अखाद्य वस्तुहरु पनि भेटिने गरेको छ । अर्कोतर्फ यस क्यान्टिनमा बालश्रम शोषण भएको छ । कुनै पनि बालबालिकालाई श्रममा लगाउन नहुने ऐनमा उल्लेख भए पनि यहाँ केही बालबालिका नियमित काममा लाग्ने गरेका छन् । जुन बालअधिकार विरूद्धमा काम हुन आउँछ ।
बालकलाई जुठो भाँडा उठाउने, टेबुल सफा गर्ने, अन्य ठाउँको सरसफाइ गर्ने, भाँडा माझ्ने आदि काममा प्रयोग गरेको पाइन्छ । १३ वर्षका एक बालकले बताएअनुसार यहाँ उनीजस्ता ३ जना काम गर्छन् । यस चमेना गृह संचालकले पुरानो मेडिकल कलेजभित्रको क्यान्टिन पनि संचालन गर्दछन् । तर यहाँको तुलनामा पुरानो मेडिकल कलेजको क्यान्टिन केही सफा रहेको पाइन्छ ।
‘बालक प्रयोग हुनु दण्डनीय कार्य हो’, प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भन्नुभयो, ‘बालश्रम शोषणविरूद्धको कानुनमा उल्लेख भएअनुसार कारबाही गर्छौ ।’ यस सम्बन्धमा थाहा पाएर पनि स्थानीय प्रशासन मौन छ । अस्पताल परिसरमा संचालित यस चमेना गृह एकलौटी रुपमा संचालनमा छ । अस्पतालले उपलब्ध गराएको जग्गामा आफैँ भवन निर्माण गरेर क्यान्टिन संचालकले २०६१ सालदेखि एकलौटी रुपमा क्यान्टिन संचालन गरिरहेका छन् । अस्पतालको प्रशासनिक दूरदर्शिताका कमीका कारण संचालकले अहिलेसम्म कम भाडादरमा क्यान्टिन संचालन गरिरहेका छन् । सुरूमा १२ हजार ५ सय रहेको यसको मासिक भाडा हाल ४५ हजार रहेको छ । २–२ वर्षको अन्तरालमा सुरूको भाडादरमा जम्मा दस प्रतिशत वृद्धि हुने गरी क्यान्टिन संचालनको स्वीकृति दिएको पाइएको छ ।
गुणस्तरहीन खाना खाजा खुवाएर मासिक लाखौं कारोबार गर्ने यस क्यान्टिनले भाडा बढाउन पनि आनाकानी गर्ने गरेको कर्मचारीहरु बताउँछन् । टेण्डर प्रक्रियाबाट प्रतिस्पर्धा गराई गुणस्तरीय खाना खुवाउनका लागि संचालकलाई प्रतिबद्धता गराउनुपर्नेमा अस्पताल प्रशासनले कुनै व्यवहारिक सर्त र सम्झौताविना नै क्यान्टिन संचालनको स्विकृति दिएको भेटिएको हो । अस्पताल विकास गुरूयोजना पूरा नहुँदासम्म हालका संचालकले नै क्यान्टिन संचालनको जिम्मा पाएको अस्पतालका कर्मचारीले बताएका छन् ।
‘गुरूयोजनाअनुसार सी ब्लक नबनेसम्म वा अस्पतालको आफ्नै क्यान्टिन नभएसम्म उसैलाई दिने सम्झौता दुई पक्षबीच भएको छ,’ अस्पताल स्रोतले बतायो । हाल ‘ए’ ब्लक निर्माण भइरहेको छ भने ‘सी’ ब्लक बन्न कम्तीमा पनि दस वर्ष लाग्ने देखिन्छ । किनकी ‘ए’ ब्लकका लागि बजेट नआएको २ वर्ष भइसकेको छ । यही अवस्था आएमा दस वर्षसम्म गुरूयोजना सम्पन्न नहुने र वार्षिक थोरै भाडादर तिरेको भरमा संचालकले आफ्नो मनोमानी जारी राख्ने देखिन्छ ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु
अर्थ

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका...

Read more
‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In