भरतपुर । प्रहरीको व्यवहारप्रति समुदायमा टीकाटिप्पणी र आलोचना भइरहेका बेला वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूका लागि मुस्कानसहितको प्रहरी सेवा अनुशिÔण तालिम बुधबारदेखि भरतपुरमा सुरू भएको छ ।
मध्यÔेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा अनुशिÔण तालिम सञ्चालन गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले सो तालिमको उद्घाटन गर्नुभयो ।
नेपाल प्रहरीको त्रिवर्Èीय कार्य योजनाअनुरुप नेपाल प्रहरीका कर्मचारीबाट सेवाग्राहीलाई मुस्कानसहितको प्रहरी सेवा
दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
तालिमपश्चात दÔ प्रशिÔक उत्पादन भई आफ्नो कार्यÔेत्रमा खटिने प्रहरी कर्मचारीलाई मुस्कानसहितको प्रहरी सेवा प्रदान गर्ने विश्वास प्रहरी कार्यालयको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शर्माले प्रहरीको आचरण र व्यवहारमा सुधार गरी जनमुखी सेवा दिन तालिम महत्वपूर्ण हुने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीÔक प्रद्युम्न कार्कीले सामाजिक सेवामा खटिने प्रहरीले सभ्य र शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी तिलक पौडेल, नेपाल बार एसोसियसनका जिल्ला अध्यÔ राजकुमार श्रेष्ठ, मध्यÔेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका सहसमादेशक योगेन्द्र सिंह थापा, पत्रकार महासङ्घका जिल्ला अध्यÔ हरि पोख्रेललगायतले बोल्नुभएको थियो ।
दुई दिनसम्म चल्ने सो तालिममा ६३ जना प्रशिÔार्थीको सहभागिता रहेको छ ।
Discussion about this post