भरतपुर । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ४ ले संविधानसभा उपनिर्वाचनका लागि बुधबार तीन जनाको नाम सिफारिस गरेको छ ।
उपनिर्वाचनका लागि नेका चितवनका पार्टी सभापति टेकप्रसाद गुरूङ, पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे र कृष्णलाल सापकोटाको नाम सिफारिस गरिएको जिल्ला सचिव जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । नेका चितवनको बुधबार बसेको बैठकले क्षेत्रीय समितिले पठाएका नामलाई अनुमोदन गर्दै सर्वसम्मतरुपमा तीन जनाको नाम सिफारिस गरेको हो ।
दोस्रो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेका सभापति सुशील कोइराला विजयी हुनुभएको थियो ।
Discussion about this post