नारायणगढ । युवा व्यवसायी कञ्चन अग्रवालले नारायणगढमा ‘साथी मार्ट’ सञ्चालन गरेका छन् ।
हजुरको मार्ट शप प्रालिद्वारा सञ्चालित साथी मार्टको शनिबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले उद्घाटन गरेका हुन् । करिब ५० लाख रूपैयाँ लगानीमा सञ्चालनमा आएको साथी मार्टबाट घरायसी प्रयोजनको लागि चाहिने खाद्यान्न र किराना सामानको बिक्रीवितरण हुनेछ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले निजी क्षेत्र थलिएको समयमा निजी क्षेत्रमै नयाँ लगानी थपिनु सकारात्मक रहेको बताए ।
Discussion about this post