ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निजी विद्यालयका शिक्षकले दसैँसम्म पनि तलब नपाए थप आन्दोलन गर्ने

तुलमान गुरूङ

by namastec
२०७७ आश्विन १८, आईतवार ०९:०० गते
in समाचार, समाज
0
13
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । लकडाउनयता तलब सुविधा नपाएको भन्दै चितवनका निजी विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुले आन्दोलन गर्दै आएका छन् । गएको जेठ महिनादेखि नै आन्दोलन गर्दै आएका शिक्षकहरुले शनिबार पनि संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) चितवनको नेतृत्वमा चितवनको भरतपुरस्थित चौबीसकोठीमा मौन प्रदर्शन गरेका छन् । शिक्षकहरुलाई अनलाइन कक्षा र विद्यालयको आन्तरिक कामको बहानामा काममा नियमित खट्न लगाए पनि विद्यालयले ६ महिनासम्म पनि सेवा सुविधा नदिएका कारण आन्दोलन गर्न बाध्य भएको इस्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले बताए ।

शिक्षक र विद्यालयबीच असार २६ गते भएको छलफलबाट सबै विद्यालयले चैतसम्मको तलब सुविधा दिने निर्णय भए पनि उक्त निर्णय कार्यान्वयन नगरिदिँदा शिक्षक कर्मचारी मर्कामा परेको उनले बताए । उक्त निर्णयानुसार वैशाखभन्दा पछिका महिनाको चाहिँ २५ देखि ५० प्रतिशतसम्मको तलब उपलब्ध गराउँदै जाने विषयमा सहमति भएको थियो, तर विद्यालय सञ्चालकले उक्त निर्णयलाई वास्तै नगरेको उनको आरोप छ । जिल्लाका करिब २५ भन्दा बढी विद्यालयले चैतसम्मको तलब पनि नदिइएको उनले बताए ।

जेठ पहिलो सातादेखि नै निरन्तर आन्दोलन गर्दै आए पनि हालसम्म सरोकारवाला निकाय जिम्मेवार नबनिदिँदा आन्दोलनले निरन्तरता पाइरहेको उनले बताए । निजी विद्यालयको छाता संस्था प्याब्सन र सम्बन्धित स्थानीय तहले समेत चासो नदेखाएका कारण शिक्षक कर्मचारी ६ महिनादेखि पीडित बन्नुपरेको उनले बताए । उनका अनुसार विद्यालयले शिक्षकलाई विद्यार्थीको घरमै पुगेर पनि गृहकार्य दिन लगाउँदै आएका छन् भने कतिपय शिक्षकले दैनिक ७ पिरियडसम्म अनलाइनमार्फत पढाउन लगाएका छन् ।

विगतमा अवस्था सामान्य भए पनि वैशाखयता अवस्था जटिल बन्दै गएको इस्टु ग्रीनल्याण्डका अध्यक्ष इन्द्रनारायण श्रेष्ठले बताए । चाडबाड नजिकिँदै आएकोले थप अप्ठ्यारो सिर्जना भएको उनले बताए । जिल्लाका कतिपय विद्यालयले चैत मसान्तसम्मको तलब सुविधा पनि नदिइएकोले आन्दोलनको बाटो रोज्न बाध्य भएको उनको भनाइ छ ।

इस्टु चितवनले केन्द्रको निर्देशनअनुसार चितवनमा पनि मौन प्रदर्शन गरेको इस्टुले जनाएको छ । संस्थागत विद्यालय सञ्चालकहरुको छाता संस्था प्याव्सन जिम्मेवार बनिदिए यो समस्या नै नहुने शिक्षकहरुको भनाइ छ ।

दसैँसम्म पनि तलब नपाए आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने इस्टुले जनाएको छ । चितवनमा प्याव्सनअन्तर्गतका संस्थागत विद्यालय १५४ वटा छन् भने सामुदायिक विद्यालयभन्दा बाहिरका विद्यालयको संख्या १६५ वटा छन् । तीमध्ये अधिकांश विद्यालयले निर्णयको कार्यान्वयन नगरेको इस्टुले जनाएको छ ।

 

Related Posts

Chitwan Post

भूमिसम्बन्धी समस्या समाधान गरिने छ : अध्यक्ष ज्ञवाली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय पोसाक वितरण

Chitwan Post

क्यान्सरसम्बन्धी सचेतना

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

भूमिसम्बन्धी समस्या समाधान गरिने छ : अध्यक्ष ज्ञवाली

दमौली । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएका छन् ।...

Read more
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय पोसाक वितरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

अपमानको भयानक परिणाम [समय–चक्र]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In