ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा कोरोनाको जोखिम कायमै, हालसम्म २२ पुगे मृतक

by namastec
२०७७ आश्विन १८, आईतवार ०८:२९ गते
in प्रमुख समाचार, समाचार
0
33
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको छ । नयाँ सङ्क्रमित र मृतकको संख्या पनि बढिरहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म २२ जना कोरोना सङ्क्रमितको निधन भइसकेको छ ।

स्वास्थ्य कार्यालय चितवनले जिल्लामा कोरोनाबाट निको हुनेको संख्या पनि बढिरहेको जनाएको छ । ‘कोरोनाको जोखिम त अझै पनि कायमै छ, घटेको छैन, तर सङ्क्रमित थपिने तुलनामा निको हुनेको संख्या पनि उत्तिक्कै छ’ स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने, ‘स्वास्थ्य मन्त्रालयले पनि उच्च जोखिमको जिल्लाभित्र चितवनलाई पनि राखेको छ, यहाँ सक्रिय सङ्क्रमित एक हजार कटिसकेको छ ।’

शुक्रबार र शनिबार लगातार चितवनमा कोरोना सङ्क्रमितको निधन भएको छ । शनिबार पुरानो मेडिकल कलेजमा उपचारको क्रममा ३५ वर्षका कोरोना सङ्क्रमित युवकको निधन भएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं १५ का ३५ वर्षका पुरूषको मृत्यु भएको हो ।

कलेजोमा समस्या भई अस्पताल भर्ना भएका उनलाई शुक्रबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयको भनाइ छ । अस्पतालको कोरोनाको सघन उपचार कक्षमा उपचार भइरहँदा ती पुरूषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबार पुरानो मेडिकल कलेजमै अर्का एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । भरतपुर महानगरपालिका ११ का ७६ वर्षकी एक वृद्धाको मृत्यु भएको हो । भरतपुर ११ मा मात्रै हालसम्म ७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

वृद्धालाई ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना गरिएको थियो । उनमा असोज १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको पनि आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुई हजार १६६ पुगे सङ्क्रमित

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार चितवन जिल्लामा हालसम्म दुई हजार १६६ जना सङ्क्रमित भएका छन् । हालसम्म चितवनमा एक हजार ३०३ जना निको भएर घर फर्केका छन् । अहिलेसम्म चितवनको भरतपुर महानगरपालिकामा एक हजार ३९९, माडी नगरपालिकामा ५८, राप्तीमा १४५, रत्ननगर नगरपालिकामा ३१८, खैरहनीमा १५९, कालिकामा ७४ र इच्छाकामनामा १३ जना कोरोना सङ्क्रमित भएका छन् ।

 

Related Posts

फुटपाथ व्यवस्थापनमा महानगर असफल

फुटपाथ व्यवस्थापनमा महानगर असफल

सरकार र विप्लवसमूहबिच ३ बुँदे सहमति

सरकार र विप्लवसमूहबिच ३ बुँदे सहमति

खैरहनीमा भएको दुर्घटनामा आठ दिनपछि प्रहरीलाई सफलता

खैरहनीमा भएको दुर्घटनामा आठ दिनपछि प्रहरीलाई सफलता

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

भूमिसम्बन्धी समस्या समाधान गरिने छ : अध्यक्ष ज्ञवाली

दमौली । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएका छन् ।...

Read more
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय पोसाक वितरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

अपमानको भयानक परिणाम [समय–चक्र]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In