ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चोरी आरोपित सङ्क्रमित आइसोलेसनबाटै फरार

दिपेन्द्र अधिकारी

by namastec
२०७७ आश्विन १८, आईतवार ०८:२७ गते
in प्रमुख समाचार, समाचार
0
18
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । लाखौँ रूपैयाँ नगद र धनमाल चोरी गरेको आरोप लागेका दुई किशोर भरतपुर अस्पतालको आइसोलेसनबाटै फरार भएका छन् ।

जिल्ला अदालत चितवनमा चोरी आरोपमा मुद्दा चलाइएका १४ र १५ वर्षका दुई किशोरमा कोरोना पोजेटिभ देखिएपछि भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो । भदौ २७ गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भई उपचाररत दुवैै किशोर त्यसको ४ दिनपछि नै रिर्पोट ‘नेगेटिभ’ आएपछि अस्पतालबाट भागेका हुन् । हालसम्म आइसोलेसनबाट भाग्ने चोरी आरोप लागेका नै तीन जना पुगेका छन् ।

रिर्पोट नेगेटिभ आएपछि डाक्टरले डिस्चार्ज लेखिदिएका थिए । तर, प्रहरीले आफ्नो अनुसन्धान र संरक्षणमा रहेका ती किशोरहरुको जिम्मा आफैँले लिनुपर्नेमा अस्पतालका स्वास्थ्यकर्मीले उनीहरुबारे कुनै अध्ययन नै नगरी डिस्चार्ज कागज थमाएर घर पठाएको पाइएको छ । यो लापर्बाहीयुक्त घटनामा प्रहरी र अस्पताल दुवै दोषी देखिन्छन् ।

प्रहरीले आफूहरुको निगरानीमा रहेका ती आरोपितहरु खोइ भनी अस्पतालसँग सोधपुछ गर्दा डिस्चार्ज पेपर दिएको र उनीहरु कसैको रोहवरबिनै घर गएको अस्पतालले जानकारी गराएपछि प्रहरी अचम्मित बनेको थियो । उनीहरुको खोजी जारी रहे पनि हालसम्म पत्ता लाग्न सकेको छैन । ‘खोजी कार्य जारी छ, तर फेला पारेका छैनौँ,’ चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरूङले बताए ।

भदौ १ गते नारायणगढमा भएको मोबाइल पसल चोरी (सात लाखबराबर) र साउन १५ गते दीपेन्द्रचोकमा भएको नगदसहित धनमाल चोरी (१२ लाखबराबर) को आरोप उनीहरुमाथि लागेको छ । मुद्दा जिल्ला अदालत चितवनमा चलिरहेको छ । यसअघि पनि भरतपुर अस्पतालकै आइसोलेसनबाट चोरी आरोपित एक युवा भागेर रातारात साइकलमा नुवाकोट पुगेका थिए । उनी पनि कोरोना पोजेटिभ थिए । हाल उनी कोरोना मुक्त भएका छन् ।

जिल्ला अदालत चितवनको भदौ २४ गतेको आदेशले तीन जना बालकहरुलाई बालमैत्री वातावरणमा यसै क्षेत्रमा काम गर्ने संस्थालाई जिम्मा लगाउन आदेश गरेको थियो । दुई बालकहरु वैतनिक वकिल कृष्ण पन्तको जिम्मामा छाडिएको थियो । उनले जिम्मा लिएका दुई बालक पनि प्रहरीकै जिम्मामा पठाएका थिए । प्रहरीले अदालतको आदेशअनुसार तीन बालकलाई पिटुसिटु (पुलिस पब्लिक क्याम्पेन फर चिल्ड्रन) मा लगेको थियो ।

जहाँ अन्य सडक बालबालिकाहरु संरक्षित छन् । प्रहरी र नागरिकको संयुक्त प्रयासमा यो संरक्षण केन्द्र सञ्चालनमा छ । पिटुसिटुका अध्यक्ष बेलबहादुर गुरूङले बालकहरुलाई भदौ २६ गते संस्थामा ल्याएको र २७ गते दुई जनामा कोरोना देखिएको बताए । यसबीचमा उनीहरुलाई अन्य बालकहरुभन्दा भिन्न राखिएकाले सङ्क्रमणको भने जोखिम टरेको अध्यक्ष गुरूङले बताए ।

उक्त आदेश जिल्ला न्यायधीश हेमन्त रावलले गरेका थिए । सडक बालबालिका आपराधिक कार्यमा लाग्न थालेको भन्दै यस आदेशमा सबै सडक बालबालिकाको जिम्मा स्थानीय सरकारले लिनुपर्ने बताइएको थियो ।

 

Related Posts

फुटपाथ व्यवस्थापनमा महानगर असफल

फुटपाथ व्यवस्थापनमा महानगर असफल

सरकार र विप्लवसमूहबिच ३ बुँदे सहमति

सरकार र विप्लवसमूहबिच ३ बुँदे सहमति

खैरहनीमा भएको दुर्घटनामा आठ दिनपछि प्रहरीलाई सफलता

खैरहनीमा भएको दुर्घटनामा आठ दिनपछि प्रहरीलाई सफलता

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

भूमिसम्बन्धी समस्या समाधान गरिने छ : अध्यक्ष ज्ञवाली

दमौली । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएका छन् ।...

Read more
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय पोसाक वितरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

अपमानको भयानक परिणाम [समय–चक्र]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In