भरतपुर- ७ को काम : सडक बत्तीको मर्मतपछि सडक भए उज्यालो

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिका वडा नं ७ को कार्यालयले सडक बत्तीहरुको मर्मत र जडानको कामलाई तीव्रता दिएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा वडा कार्यालयले बिग्रिएका सडक बत्तीहरुको मर्मत र नयाँ बत्ती जडानको कामलाई तीव्र बनाएको हो ।

विद्युत पोलहरुको बत्ती मर्मत गरेपछि सडकहरु उज्यालो देखिन थालेका छन् । रातको समयमा वडाभित्रका सडकहरु सुन्दर देखिएको स्थानीयहरुले बताएका छन् । वडा कार्यालयले असोज १ गतेदेखि सडक बत्तीको मर्मत कार्य सुरु गरेको हो । वडाभित्रका सबै सडक बत्तीहरुको मर्मत र बत्ती नभएको ठाउँमा नयाँ बत्ती जडान गरिने वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिए ।

‘वडाभित्रका सबै सडक बत्तीहरु मर्मत गरिँदै छ’, उनले भने, ‘दशैँ पनि आउँदै छ, सडकहरु उज्याला देखिएका छन् । बत्तीहरु बल्न थालेपछि चोरीका घटना पनि कमी हुन्छ की भन्ने विश्वास छ ।’ रातको समयमा सडकहरु उज्यालो बनेपछि स्थानीयहरुलाई हिँडडुल गर्न सहज भएको उनले बताए ।

सडक बत्ती मर्मत तथा नयाँ जडानका लागि वडाले चार लाख रुपैयाँ बजेट छुट्याएको थियो । ‘केहि दिनअघि सम्म बत्ती बिग्रिएको ठाउँमा अँध्यारो हुन्थ्यो । बाटोमा हिँड्नै डर हुन्थ्यो’, भरतपुर ७ प्रेमबस्तीकी सिर्जना भट्टराई भन्छिन्, ‘अहिले साँझपख हावा खाना बाहिर निस्किँदा बाटोहरु उज्याला देखिन्छन् । राम्रो देखिएको छ ।’ सडक बत्तिको महसुल महानगरपालिकाले तिर्ने गर्छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया