शनिबार थपिए २१२० संक्रमित, २०४४ जना डिस्चार्ज

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २१२० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गरिएकोमा २१२० जनासहित कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
पछिल्लो २४ घन्टाभित्र २०४४ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । शनिबार थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको कुल संख्या ५२८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घन्टामा ११७७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौँका १००१ जना, ललितपुरका १०९ र भक्तपुरका ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...