निजी विद्यालयका शिक्षक फेरि आन्दोलित

अन‌ि यो पनि

भरतपुर । संस्थागत विद्यालयका शिक्षकहरुले शनिबार भरतपुरको चौबीसकोठीमा मौन प्रदर्शन गरेका छन्। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नेतृत्वमा प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन्।

गत बैशाख महिनादेखि नै कुनै पनि शिक्षक कर्मचारीले तलब सुविधा नपाएपछि आन्दोलन गरेका हुन्। पटकपटक शिक्षक, अभिभाव र विद्यालय सञ्चालकबीच छलफल चले पनि शिक्षक कर्मचारीको विषयमा कुनै पनि माग सम्बोधन नभएकोले आन्दोलन गर्न बाध्य भएको इस्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले जानकारी दिए। शिक्षकलाई विभिन्न बहानामा काम लगाइरहे पनि हालसम्म तलबलगायतका कुनै पनि सुविधा नपाएको उनको भनाइ छ।

‘शनिबार भरतपुरमा भएको प्रदर्शन भने इस्टुको राष्ट्रिय समितिको निर्देशनअनुसारको कार्यक्रम हो,’ उनले भने, ‘शनिबार देशैभरका सबै जिल्लामा मुख्य सहरमा आन्दोलन भएको छ।’

इस्टु अन्तर्गतका शिक्षकहरुले गत जेठयता विभिन्न चरणमा आन्दोलन गर्दै आइरहेका छन्। दसैँ मुखैमा आइसक्दा पनि शिक्षक कर्मचारीको लागि विद्यालय सञ्चालक समितिले वास्ता नगरेका कारण शिक्षक पनि आन्दोलनमा आउन बाध्य भएको अध्यक्ष घिमिरेको भनाइ छ। अझ कतिपय विद्यालयले चैतसम्मको तलब पनि नदिइएको उनको आरोप छ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

परनिर्भरताको दलदल !

अन्य समाचार

प्रतिकृया