साथी मार्ट सञ्चालनमा

अन‌ि यो पनि

नारायणगढ । युवा व्यवसायी कञ्चन अग्रवालले नारायणगढमा ‘साथी मार्ट’ सञ्चालन गरेका छन्। हजुरको मार्ट शप प्रालिद्वारा सञ्चालित साथी मार्टको शनिबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले उद्घाटन गरेका हुन्।

करिब ५० लाख रूपैयाँ लगानीमा सञ्चालनमा आएको साथी मार्टबाट घरायसी प्रयोजनको लागि चाहिने खाद्यान्न र किराना सामानको बिक्री वितरण हुनेछ। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले निजी क्षेत्र थलिएको समयमा निजी क्षेत्रमै नयाँ लगानी थपिनु सकारात्मक रहेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...