धादिङ अस्पताल र नीलकण्ठ नगरपालिका वन्द

अन‌ि यो पनि

धादिङ,१७ असोज / धादिङ जिल्लामा कोरोनाको संक्रमणको निशाना नागरिकको चहलपहल बढी हुने सरकारी कार्यालय तिर सोझिन थालेको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम सबैभन्दा धेरै धादिङ अस्पतालमा देखिएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि असोज ७ गते देखि बन्द भएर असोज १२ गते खुलेको धादिङ अस्पतालको सेवा असोज १६ गते देखि फेरी वन्द हुन पुगेको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवार साँझ देखि धादिङ अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।

अस्पतालको आकस्मिक, ज्वरो क्लिनिक र प्रसूति सेवा बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अध्यक्ष धमलाले वताए । यही असोज ७ गतेदेखि १२ गतेसम्म पनि धादिङ अस्पतालको आकस्मिक सेवा बन्द भएको थियो ।

यसै गरि जिल्ला सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रवार देखि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । जिल्लामा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएकोमा नगरपालिकामा कार्यरत १४ जना कर्मचारी मात्रै रहेका छन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलवहादुर महतले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै संक्रमण देखिएकाहरुको कन्ट्रयाक ट्रेसिङ जारी रहेकाले उनिहरुको परीक्षण रिर्पोट नआउँदा सम्मको लागि नगरपालिकाको सेवा वन्द गरिएको हो ।

धादिङमा शुक्रवार सम्ममा जिल्लाभर संक्रमितको संख्या पुगेको छ । शुक्रवार जिल्लाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको नीलकण्ठ नगरपालिकाका १५ जना,गल्छि गाउँपालिकाका २ जना,थाक्रेका २ जना, गजुरीका २ जना र बेनिघाट रोराङका १ गरी २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
शुक्रवार थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं ९ की २६ बर्षिया महिला दुई जना,२१ र २५ बर्षिय पुरुष, वडा नं ८ की १८ र ४३ बर्षिया महिला र ४८ बर्षिय पुरुष,वडा नं ११ का ३७ बर्षिय पुरुष,वडा नं ३ का २३ र ३३ बर्षिय पुरुष र ४८ बर्षिया महिला, ४३ र ४६ बर्षिय पुरुष,वडा नं ४ का २८ बर्षिय पुरुष,वडा नं ५ का २१ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए ।

यस्तै थाक्रे गाउँपालिका वडा नं ६ का २४ बर्षिया महिला र ३२ बर्षिय पुरुष,गल्छी–६ का २७ र ३६ बर्षिय पुरुष, गजुरी–२ का ३४ बर्षिय पुरुष र वडा नं ६ को ५१ बर्षिय पुरुष र बेनिघाट रोराङ–७ का २४ बर्षिया महिला रहेको रिजालले बताए । यो सँगै धादिङमा जम्मा संक्रमितको संख्या ४ सय ६८ पुगेको छ । संक्रमित मध्ये शुक्रवार सम्ममा २ सय ९३ जना निको भएर घर फर्किसकेका छन । संक्रमणबाट जिल्लामा चार जनाको ज्यान गईसकेको छ ।

जिल्लाको १३ वटै स्थानीय तहमा कोरोना संक्रमितहरु भेटिएका छन । जसमा नीलकण्ठ नगरपालिकामा १ सय २३ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७३ जना, गल्छी गाउँपालिकामा ७२ जना र ज्वालामुखी गाउँपालिकामा ४६ जना रहेका छन्।

यस्तै गरि थाक्रेमा ३५ जना, धुनीबेसीमा २३ जना, बेनिघाटरोराङमा १७ जना, गंगाजमुना र गजुरीमा १६÷१६ जना, सिद्धलेकमा १५ जना, नेत्रावती डबजोङमा १२ जना, खनियाबासमा ५ जना, रुविभ्यालीमा २ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना,धादिङ अस्पतालका ७ जना र स्वास्थ्य कार्यालय धादिङका २ जना गरी ४ सय ६८ जनामा अहिले सम्म संक्रमण पुष्टि भईसकेको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट रिजालले बताए ।

जिल्लामा पहिचान भएकासंक्रमित मध्ये ३ सय २ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी १ सय ६६ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया