काफल पाक्यो (कविता)

अन‌ि यो पनि

पोहोर पोहोर
कहाँ पाक्न पाउनु काफल ?
सधैँ ठिहीले खाने
सधैँ डढेलोले चाट्ने
सधैँ बाँदरले लुछ्ने
मुना भाँचिहाल्ने
उत्पात खसाइहाल्ने
चिचिला टिपिहाल्ने !

हिजो
वसन्त आगो फुक्थ्यो
वसन्त बाँदर पाल्थ्यो
वसन्त प्रलय बोक्थ्यो
तर पनि कोइली गाउँथ्यो
‘काफल पाक्यो, काफल पाक्यो’

यसपटक
ठिही पग्लियो घाममा
आगो बाल्दाबाल्दै
डढेलो प्रदायक समातिए
क्यामरामा कैद भयो
तिनको आगो, लज्जा र कलङ्क
बाँदरहरु थाके
र वसन्त गानमा मिसिए
आफैँ मसाङ्ग्रियो उत्पात
जोगिए काफल बोटका मुना
जोगिए काफलका चिचिला
मीठो घामको स्पर्शमा
मुना छिप्पिइहाल्यो
चिचिला बढिहाल्यो
अहिले सबै काफल पाकेको होइन
तैपनि कोइलीले गायो
‘काफल पाक्यो, काफल पाक्यो’

चरीले काफल पाकेको गीत गाउनु
सबै बोट काफल पाक्नु होइन
सबै दाना काफल पाक्नु होइन
यो यामको गीत हो
यो उत्सवको सङ्गीत हो
यो महक उद्बोधन हो
याम सुरू भएपछि
नपाकेको बोट पाक्छ
उत्सव सुरू भएपछि
नपाकेको हाँगा पाक्छ
माहोलले नै नपाकेको दाना पकाउँछ
हो, कुनै दाना नपाक्न सक्छ
कुनै दाना कुहिन सक्छ
तिमी किन चिन्ता गर्छौ
काफलको जङ्गलमा
केही दाना काफल पाकेन भनेर
संसारको कुन जङ्गलमा
कुहिएको छैन एक दाना काफल ?

स्वागत छ
‘काफल पाक्यो’ गीतलाई !
कोइलीलाई !
पाकेको काफलको महकलाई !

नपाकेको काफल पाक्ने घाम
र कीराबाट जोगाउने
तीतेपातीको अर्गानिक झोल
छँदैछ नि हामीसित !

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया