गुञ्जनगर माविमा कक्षा ९ मा पनि अंग्रेजी माध्यमबाट पढाइ हुने

अन‌ि यो पनि

गुञ्जनगर । भरतपुर महानगरपालिका वडा नं–१८ स्थित गुञ्जनगर माविमा कक्षा ६ सम्म अंग्रेजी माध्यममा पढाइ हुँदै आएकोमा आगामी शैक्षिक सत्रदेखि कक्षा ९ पनि अंग्रेजी माध्यमबाट पढाइ हुने भएको छ । अंग्रेजी माध्यममा अभिभावकको आकर्षणलाई मध्यनजर गरेर अंग्रेजी माध्यममा पढाइ सञ्चालन गर्न लागेका हुन् । विद्यालय परिसरमा शुक्रबार सम्पन्न विद्यालय व्यवस्थापन समिति तथा अविभावकहरुको भेलाले सो निर्णय गरेको हो ।

विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि कक्षा ६ सम्ममात्रै गरिएको अंग्रेजी माध्यमको पठनपाठन कक्षा ९ मा पनि गराउने निर्णय भएको प्रधानाध्यापक सूर्यभक्त वाग्लेले बताए । अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुन थालेपछि विद्यार्थी घट्ने क्रम रोकिएको उनले बताए । अंग्रेजीबाट पढाइ सुरू गरेपछि अभिभावक खुसी भएका छन् । निजी विद्यालयसरह नै पढाइ हुने उनले जानकारी दिए ।

सामुदायिक विद्यालयमा अंग्रेजीमा दक्ष शिक्षकशिक्षिकाहरु नियुक्त गरी निजी विद्यालयभन्दा उत्कृष्ट पठनपाठन हुने भएकाले अभिभावकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने भरतपुर–१८ का वडाध्यक्ष दीपक लामाले बताए । उनले विद्यालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि महानगरले सक्दो सहयोग गर्नुका साथै अंग्रेजी माध्यमका लागि थप शिक्षकका लागि सहयोग गर्ने बताए । राज्यले विपन्न वर्गका बालबालिकाहरुलाई अंग्रेजी शिक्षाको कमी नहोस् भनेर सामुदायिक स्कुलमा अंग्रेजी माध्यम सुरू गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु ढकालले सामुदायिक र संस्थागत विद्यालयबीचको शैक्षिक दूरी घटाई गुणस्तर एउटै कायम गर्न आवश्यक रहेको बताए । उनले विद्यालय उत्कृष्ट बनाउन विद्यार्थी, अभिभावक र शिक्षकको भूमिका बराबर रहेको भन्दै सबैलाई आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरे । सामुदायिक विद्यालयमा सरकारले लगानी बढाए पनि गुणस्तर सुधार गर्न नसक्दा सामुदायिक विद्यालयका अभिभावकले गुणस्तरीय शिक्षाको विकल्प रोज्न थालेको उनले बताए ।

विद्यालयमा हाल सात सय विद्यार्थी अध्ययनरत छन् । २०१६ साल फाल्गुन १६ गते स्थापना भएको गुञ्जनगर माविमा हाल कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायअन्तर्गतका विषय पढाइ हुँदै आएको छ । व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायमा हाल १५० जना अध्ययनरत छन् भने विध्यालयमा ७ सय जना अध्ययनरत छन ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया