विद्यालयलाई पूर्वविद्यार्थीको सहयोग

अन‌ि यो पनि

भीमनगर । भरतपुर महानगरपालिका वडा नं–२० स्थित भीमनगर माविमा अध्ययन गरेका हाल अमेरिकाको बाल्टीमोर बसोवास गर्ने पूर्वविद्यार्थी ज्ञानहरि घिमिरेले विद्यालयमा प्राविधिक शिक्षा विस्तारका लागि सहयोग गरेका छन् ।

उनले विद्यालयले कृषि प्राविधिक विद्यालयको रुपमा सञ्चालन गरेको बालीविज्ञान शिक्षा विस्तारका साथै विज्ञान विषय सञ्चालनका निम्ति एकाउन्न हजार एक सय एकाउन्न सहयोग गरेका हुन् । सो रकम शुक्रबार एक समारोहका बीच उनका पिता विष्णुहरि घिमिरेले विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

नेपाल सरकारको प्रत्येक निर्वाचन क्षेत्रमा एक प्राविधिक विद्यालय सञ्चालन गर्ने नीतिअनुसार कृषि प्राविधिक विद्यालयको रुपमा २०७३ सालदेखि कक्षा ९ बाट सुरू गरिएको प्रधानाध्यापक कोमलनाथ घिमिरेले बताए । ४८ वटा विद्यार्थी कोटा प्राप्त गरेको यो विद्यालय पश्चिम चितवनको पहिलो हो भने चितवनमा नेपाल माविपछिको दोस्रो रहेको छ ।

२०७३ असोज ६ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार बालीविज्ञान विषयमा उच्च माविस्तरको कक्षा सञ्चालन गर्ने स्वीकृति पाएको भीमनगरमा निःशुल्क कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने व्यवस्था छ । ल्याब म्यान्टनदेखि प्रशिक्षकहरुसम्म नेपाल सरकारबाट उपलब्ध हुन्छन् ।

कक्षा १२ को अध्ययनपछि निम्न तथा मध्यम तहको कृषि प्राविधिकको शैक्षिक योग्यता प्राप्त हुने र एसइईपछि विषय परिवर्तन गर्न र प्राविधिकतर्फको माध्यमिक शिक्षा उत्तीर्णपछि बिएससी एग्रिकल्चरका अतिरिक्त अन्य प्राविधिक विषयहरु समेत अध्ययन गर्ने अवसर प्राप्त गर्न सकिने बताउँछन्, प्रधानाध्यापक घिमिरे । कृषि प्राविधिकहरुको माग सरकारी, निजी तथा गैरसरकारी संस्थाहरुमा समेत उच्च माग छ ।

प्रधानाध्यापक कोमलनाथ घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीलाल अधिकारी, सहयोगदाता विष्णुहरि घिमिरे, समाजसेवी टुकमान गुरूङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया