विद्यालयमा सिकाइ सहजीकरण सञ्चालन

अन‌ि यो पनि

भीमनगर । भरतपुर महानगरपालिका वडा नं–२०, भीमनगरस्थित भीमनगर माविले विद्यालयमा सिकाइ सहजीकरण सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न विषम परिस्थितिबाट लम्बिएको बन्दाबन्दीले ६ महिनासम्म ठप्प रहेको बालबालिकाको पठनपाठन कार्यलाई निरन्तरता दिन विद्यालयले सिकाइ सहजीकरण सञ्चालनमा ल्याएको हो ।

भरतपुर–२० वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबीच अभिभावक भेलामार्फत अभिभावकको राय र सुझावका आधारमा विद्यालयमा भौतिक दूरी कायम गर्दै ससानो समूह र सिफ्टमा सिकाइ केन्द्र सञ्चालनमा ल्याउँदै पठनपाठन सुरू भएको प्रधानाध्यापक कोमलनाथ घिमिरेले बताए ।

‘पश्चिम चितवन ग्रामीण भेगमा भरपर्दो इन्टरनेट सुविधा छैन’, उनी भन्छन्, ‘अनलाइन पहुँच नभएका इलाकामा वैकल्पिक विधिको पठनपाठन सफल नभएपछि विद्यार्थीको बसाइँमा दूरी कायम गरी एउटा कक्षामा १० जनाभन्दा बढी नहुने गरी अभिभावकको सहमति लिएर आलोपालो पढाइ भइरहेको छ ।’ विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि स्यानिटाइजर, थर्मल गन, साबुनलगायत सामग्री उपलब्ध गराइएको छ ।

वैकल्पिक विधिबाट सञ्चालित अनलाइन पढाइमा विद्यार्थी सहभागी नभएको र सम्पर्कमा समेत नआएका कारण कक्षाकोठामै पठनपाठन गराउनुको विकल्प नरहेको उनी बताउँछन् । ‘विद्यार्थी ६ महिनासम्म पनि विद्यालयको सम्पर्कमा आएनन् र अनलाइन कक्षा प्रभावकारी भएन, भविष्यमा पनि आउँछन् कि आउँदैनन् भन्ने निश्चित भएन’, घिमिरे भन्छन्, ‘त्यसैले सुरक्षा सावधानी अपनाउँदै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौँ ।’

समूह बनाएर विद्यालयमा पहिलो चरण बिहान ९ः३० देखि १२ः३० सम्म र दोस्रो चरणको दिउँसो १ः३० देखि ४ः३० सम्म एकदिन बिराएर कक्षा सञ्चालन भएको उनको भनाइ छ । शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार पाँचवटै मोडलमा शैक्षिक गतिविधि सञ्चालन भइरहेको उनले बताए ।

‘अल्झिएर बस्दा शैक्षिक उपलब्धि नहुने र शैक्षिक सत्र खेर जाने भएपछि कक्षा सुरू गरेका हौँ’, उनी भन्छन्, ‘विद्यालयभन्दा बाहिर मास्क र स्यानिटाइजरबिना हिँड्ने, खेल्ने गर्दा झनै जोखिम छ, विद्यालयमा दूरी, मास्क र स्यानिटाइजर प्रयोग गर्दै पठनपाठन सुरू गरिएको छ ।’

विद्यालयमै उपस्थित भएर पढ्न पाएपछि विद्यार्थी खुसी भएको प्रधानाध्यापक बताउँछन् । प्रधानाध्यापक घिमिरेका अनुसार लामो समयपछि विद्यालय आउन पाउँदा विद्यार्थी धेरै खुसी छन् । विद्यालयले एउटा बेन्चमा एक जनामात्रै विद्यार्थी राखेर पठनपाठन गराइरहेको छ । अहिले एउटा समूहमा १२ देखि १५ जनालाई पढाइने गरिएको छ ।

‘नियमितरुपमा साबिकजस्तै कक्षा सञ्चालन नगरेर सिकाइ निरन्तरताका लागि थोरै विद्यार्थीमा भौतिक दूरी कायम गरेर विद्यालय सञ्चालन गर्नु सकारात्मक हो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीलाल अधिकारीले भने । ‘भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ’, उनले भने ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया