नवलपुरका ट्रयाक्टर व्यवसायी सडक आन्दोलनमा

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीमा प्रहरी प्रशासनले नदीजन्य वस्तुको दोहन नियन्त्रणका लागि प्रयास थालेसँगै नवलपुरका ट्रयाक्टर व्यवसायीहरुले आन्दोलन सुरू गरेका छन् । बिहीबारमात्रै नवलपुरमा नदीजन्य वस्तु दोहन गरिरहेको अवस्थामा विनयी त्रिवेणी–२ मा रहेको विनयी खोलाबाट प्रहरीले १७ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

शुक्रबार ट्रयाक्टर व्यवसायीहरुले नवलपुरको सदरमुकाम कावासोतीमा ट्रयाक्टरसहित विरोध ¥याली गरेका हुन् । उनीहरुले नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउनुपर्ने वा स्थानीय तह आफैँले रोयल्टी उठाएर भए पनि खोल्नुपर्ने माग राख्दै आन्दोलन गरेको नवलपुर ट्रयाक्टर समितिका अध्यक्ष शिव गिरीले बताए ।

ट्रयाक्टर व्यवसायीहरुले कावासोती नगरपालिकाको डण्डाबाट सडक नै अवरूद्ध हुने गरी २ सय बढी ट्रयाक्टर सडकमा उतारेर कावासोतीको पुरानो कावासोती, थकाली चोक, सभापति चोक हुँदै, प्रशासन, नगरपालिका कार्यालय, फलफूलचोक, डिभिजन वन कार्यालय हुँदै पुनः डण्डामा पुगेर कोणसभा गरेका छन् ।

नवलपुरका अधिकांश नदी तथा खोलामा गत वर्षदेखि अहिले ठेक्का लाग्न सकेको छैन । स्थानीय तहका प्रमुखहरु खोलाको नदीजन्य वस्तु निकासीका लागि टेन्डर आह्वान गरे पनि कुनै पनि टेन्डर नपरेको जनाएका छन् । खोला तथा नदीजन्य वस्तुको निकासीका लागि टेन्डर (ठेक्का) लाग्न नसक्दा एकातिर यहाँका दर्जन बढी खोलाहरुको करोडौँ राजस्व बर्सेनि गुम्दै गएको छ भने अर्कोतर्फ नदीजन्य वस्तुहरुको चोरीनिकासी पनि उत्तिकै बढेको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया