भरतपुर । सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएका २८ युवाहरुको मंगलबार पुनः म्याद थप गरिएको छ ।
यसअघि ६ दिनको म्याद थप भएकोमा अबका लागि भने १० देखि १५ दिनका लागि फरक–फरक दिनका हिसावले म्याद थप गरिएको
जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्लामा पुनः आपराधिक गतिविधि हुन लागेको भन्दै चितवन प्रहरीले अघिल्लो हप्ता भरतपुर, नारायणगढ, चनौलीलगायतका क्षेत्रबाट ३ दर्जन बढी युवाहरुलाई पक्राउ गरेकोे थियो । पक्राउ परेका केही सामान्य अनुसन्धानपछि छुटिसकेका छन् ।
Discussion about this post