ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मोबाइल नम्बर सार्वजनिक गर्दा फसिएला !

by चितवन पोष्ट
२०७१ जेष्ठ ७, बुधबार ०६:१८ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । एफएम रेडियो जस्ता सार्वजनिक सञ्चार माध्यममार्फत् सहजै आफ्नो मोबाइल नम्बर सार्वजनिक गर्ने बानी छ भने विचार पु¥याउनु होला है ! फसिन सकिने अवस्था छ । यस्तो कार्यले युवतीहरु अफ्ठ्यारो अवस्थामा समेत पुग्ने खतरा देखा परेको छ ।
स्थानीय एफएममार्फत सार्वजनिक हुने युवतीका मोबाइल फोन नम्बर सुन्न यौनदुराचारमा लाग्नेहरु पनि कान ठाडा बनाएर बस्दा रहेछन् । चितवनमा भएको एक घटनाले यो कुरा पुष्टि गरेको छ । एफएम रेडियोबाट मोबाइल फोन नम्बर सार्वजनिक गरी अपरिचितसँग मित्रता गाँस्ने रहर गरेकी एक युवती दुराचारीको चंगुलमा परेकी छन् ।
चितवन जिल्ला अदालतले सोमबार चितवन कोराक गाविस वडा नं. १ का सागर तामाङ भन्ने सिमसोम चेपाङले यौन शोषण गरेको ठहर गर्दै उनलाई दुई वर्ष कैद गर्ने फैसला सुनाएको छ । त्यस्तै यौन शोषणमा परेको भनेर उनी विरूद्ध उजुरी गर्ने युवतीलाई पनि चेपाङले ५० हजार रूपैयाँ
क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।
भरतपुरको एक एफएम रेडियोबाट सार्वजनिक भएको युवतीको नम्बर सुनेर सिमसोमले सम्पर्कको सुरूवात् गरेका थिए । अपरिचितलाई फोनबाट साथी बनाउने उद्देश्यले सञ्चालित कार्यक्रममा युवतीले नम्बर सार्वजनिक गरेकी थिइन् । फोनबाट सुरू भएको सम्पर्क विस्तारै भेटघाटसम्म पुगेको थियो ।
‘एक दिन फोन आयो तिमी कहाँ छौं भन्यो । म आफन्तको उपचार गराउन भरतपुरको मेडिकल कलेज आएकी थिएँ । मैले मेडिकल कलेजमा छु भने । ऊ त्यही भेट्न आयो । यसरी पहिलो पटक हाम्रो भेटघाट भएको थियो’ युवतीले अदालतमा दिएको बयानमा उल्लेख छ । भेटघाटपछि झ्याम्मिदै गएपछि सिमसोमले विहेको प्रस्ताव राख्न थाले ।
‘बिहे गर्ने मेरो चाहना थिएन । तर ऊ आफ्नो अडानमा कायम रह्यो’ अदालतमा दिएको बयानमा युवतीले भनेकी छन् । विसं. २०६९ सालको जेठ ५ गतेको भेटमा सिमसोमले पहिलो पटक विहेको कुरा गरेका थिए । त्यसपछि सोही वर्षको साउन १२ मा भएको अर्को भेटघाटमा पनि बिहेका लागि कर नै गरे । युवतीसँग सिमसोमले आफ्नो नाम सागर बताएका थिए ।
सिमसोमले नाम थरमात्रै होइन, ठेगाना पनि ढाँटेका थिए । उनले युवतीलाई आफ्नो घर इलाम भएको बताउने गर्दथे । यी सबै कुरा थाहा पाएपछि युवतीले सिमसोमका बारेमा थप बुझ्न थालिन् । त्यसपछि उनलाई सिमसोमले बिहेको आश्वासन दिएर आफूलाई यौन शोषणमात्रै गरेको पक्का भयो । युवतीले चासो दिन थालेपछि सिमसोम सम्पर्कविहीन भए ।
त्यसपछि युवतीले दिएको उजुरीका आधारमा विसं. २०६९ सालको भदौ ५ गते सिमसोमविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको हो । सो मुद्दामा सिमसोमसहित उनको सहयोगीका रुपमा असिमकुमार भन्ने प्रतिवादी रहेका छन् । असिम हालसम्म फरार छन् ।
सिमसोमको खोजीमा जुटेको प्रहरीले उनका बारेमा पत्ता लगाएको जानकारी पनि आश्चर्यजनक नै
थियो । मानव बेचबिखन तथा ओसार–पसारसम्बन्धी अपराधमा मुद्दा चलेका कारण सिमसोम विसं. २०६९ सालको असोज एक गतेदेखि लम्जुङ कारागारमा रहेको तथ्य पत्ता लगाएको थियो । लमजुङ अदालतले उनलाई चितवनको नभएर लमजुङकै घटनामा थुनामा राख्ने आदेश
दिएको थियो ।
लमजुङको सोे अवस्था र चितवनमा दायर भएको मुद्दामा संकलित प्रमाणका आधारमा सिमसोमले मानव बेचबिखन तथा ओसारपसार ऐनको दफा तीनको उपदफा एक र दफा चारको उपदफा दुईको ख अनुसार यौन शोषण गरेको ठहर्ने फैसला चितवन जिल्ला अदालतले गरेको हो । सिमसोम हाल लमजुङ कारागारमा नै रहेका छन् ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In