दुईवटा जर्सी गाईसहित अवैध मालसामान बरामद

अन‌ि यो पनि

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले बिहीबार जिल्लाका विभिन्न स्थानबाट दुई जर्सी गाईसहित १ लाख ७१ हजार ५ सय मूल्यबराबरको अवैध मालसामान बरामद गरेको छ ।

भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको दुईवटा जर्सी गाई सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं ४ ललितपुरबाट नियन्त्रणमा लिएको हो ।

त्यसैगरी नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको २२५ केजी हरियो केराउ सरावल–७ बर्गदवाबाट प्रहरी चौकी भुजहवाको प्रहरी टोलीले बरामद गरेको छ ।

यस्तै, ९७५ केजी हरियो केराउ इलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन–२ मुडेराबाट बरामद गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया