नारायणगढमा एभेन्जर १६० स्ट्रिटको बिक्री शुभारम्भ

अन‌ि यो पनि

भरतपुर । बजाज मोटरसाइकल ‘एभेन्जर १६० स्ट्रिट एबिएस ’ को बिहीबार नारायणगढ र रत्ननगरबाट बिक्री शुभारम्भ भएको छ । बजाजको आधिकारिक शोरूम नारायणगढको शहीदचोकस्थित नारायणी मोटर्स र रत्ननगरको आधिकारिक बिक्रेता निसास मोटर्सले एकैदिन बिक्री शुभारम्भ गरेका हुन् ।
नारायणगढमा युवा उद्यमी मञ्च चितवनका अध्यक्ष कृष्ण सापकोटासहितका अन्य व्यवसायीले नारायणी मोटर्सको शोरूममा एभेन्जर १६० स्ट्रिटको बिक्री शुभारम्भ गरेका छन् ।
सो मोटरसाइकलको बिक्री शुभारम्भका अवसरमा नारायणी मोटर्सका सेल्स म्यानेजर हरेराम खरेलले लामो दूरी यात्राका लागि सहज हुने बताए । बिहीबार लन्च गरिएको एभेन्जर १६० स्ट्रिटको इन्जिन अग्लो भएकाले जस्तोसुकै अप्ठ्यारो बाटोमा समेत आरामदायी यात्रा गर्न सकिने खरेलले बताए ।
रत्ननगरमा बिक्री शुभारम्भ कार्यक्रममा सो मोटरसाइकलको निसास मोटर्सका प्रबन्ध निर्देशक सञ्जीव थापाले अनावरण गरेका छन् । निसास मोटर्सले दसैँ स्किमसमेत सुरू गरेको छ । मोटर्सका प्रबन्ध निर्देशक सञ्जीव थापाका अनुसार यो स्किममा नगद १० हजार छूट, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य व्याजदर र २० प्रतिशत डाउन पेमेन्टमा बजाज मोटरसाइकल चढ्न पाइने छ ।
रातो र कालो रङ्गमा उपलब्ध सो मोटरसाइकलमा १३ लिटर पेट्रोल अटाउने क्षमता रहेको भन्दै नारायणी मोटर्सका म्यानेजर शेरबहादुर पौडेलले ३.८ लिटर पेट्रोल रिजर्भमा रहने जानकारी दिए । सो एभेन्जेर १६० स्ट्रिटको माइलेज प्रतिलिटर ४० देखि ४५ किलोमिटर रहेको पौडेलको भनाइ छ । यसको बिक्री मूल्य तीन लाख १९ हजार ९०० रूपैयाँ रहेको पौडेलले जानकारी दिए ।

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया