रत्ननगरका ज्येष्ठ नागरिकलाई खाद्यान्न

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकाले नगरभित्रका मन्दिर र वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई बिहीबार खाद्यान्न, स्वास्थ्य सामग्री र औषधि वितरण गरेको छ । ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर सो नगरपालिकाले श्रीकृष्ण प्रणामी मन्दिर टिकौली, श्रीकृष्ण प्रणामी धर्मधाम जिरौना र असहाय वृद्ध कल्याण समाजमा आश्रित ज्येष्ठ नागरिकलाई खाद्यान्न, स्वास्थ्य सामग्री र औषधि वितरण गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र ज्येष्ठ नागरिक समन्वय समितिको समन्वयमा टिकौलीमा रहेका १० जना, जिरौनामा रहेका १२ जना र वृद्ध कल्याण समाजमा आश्रित १६ जना ज्येष्ठ नागरिकलाई सो सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
टिकौलीमा आयोजित कार्यक्रममा उपमेयर विमला दुवाडीले मन्दिरकी अध्यक्ष महादेवी खतिवडा, जिरौनामा आयोजित कार्यक्रममा मन्दिरका पूजारी र वृद्ध कल्याण समाजमा आयोजित कार्यक्रममा समाजका सचिव गोकर्ण खनाललाई सामग्री हस्तान्तरण गरेकी थिइन् । सो अवसरमा उपमेयर दुवाडीले ज्येष्ठ नागरिक दिवसमा अन्य चेतनामूलक कार्यक्रम गर्ने वातावरण नरहेको भन्दै मन्दिर र आश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न, स्वास्थ्य सामग्री र औषधि प्रदान गरिएको बताइन् । नगरपालिका ज्येष्ठ नागरिकहरुको अभिभावक रहेको भन्दै उपमेयर दुवाडीले मन्दिर र आश्रममा बसेका बुबाआमाहरुलाई खानपिन, औषधि उपचारमा समस्या परे नगरपालिकाले सहयोग गर्ने बताइन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती लामा, महिला विकास अधिकृत दीपा घिमिरे, सहायक महिला विकास अधिकृत रञ्जना पौडेल, ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्ष गोकुलदास श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया