चितवनमा सक्रिय सङ्क्रमित एक हजार नाघे

अन‌ि यो पनि

भरतपुर । चितवनमा कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको संख्या एक हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या एक हजार आठ पुगेको छ ।

बिहीबार ७५ जना नयाँ सङ्क्रमित थपिए भने २८ जना निको भएर डिस्चार्ज भए । हालसम्म जिल्लाका २० सङ्क्रमितको मृत्यु भएको छ । बिहीबारसम्म दुई हजार तीन जनामा कोरोना पुष्टि भएकोमा ९७५ जना सङ्क्रमित निको भएर घर गइसकेका छन् । सक्रिय सङ्क्रमित एक हजार आठमध्ये संस्थागत आइसोलेसनमा ३३८ जना छन् भने होम आइसोलेसनमा ६७० जना छन् ।

हालसम्म कोरोना पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका एक हजार २७२, माडी नगरपालिकाका ५७, राप्ती नगरपालिकाका १४१, रत्ननगर नगरपालिकाका ३००, खैरहनी नगरपालिकाका १५०, कालिका नगरपालिकाका ७१ र इच्छाकामना गाउँपालिकाका १२ जना छन् । संक्रमितहरुमा एक हजार १९५ जना पुरूष र ८०८ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् ।

चाउचाउ उद्योगका ९१ जना कोरोनामुक्त

यसैबीच रत्ननगर नगरपालिका वडा नं–१४ मा रहेको एक चाउचाउ उद्योगका कामदारहरु कोरोनामुक्त भएका छन् । चितवन मेडिकल कलेजमा गरिएको दोस्रो कोरोना परीक्षण गर्दा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

स्मार्ट फुड प्रालिमा कार्यरत ९३ जनाको दोस्रो परीक्षण गर्दा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । विभिन्न तीन चरणमा परीक्षण गर्दा सो उद्योगमा कार्यरत ९३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएका ९१ जनालाई होटल स्टार बेन्क्वेट निपनीमा आइसोलेसनमा राखिएको थियो । दुई जना होम आइसोलेसनमा रहेका थिए । होटलको आइसोलेसनमा बसेका सबै जना कोरोनामुक्त भएको र होम आइसोलेसनमा रहेका दुई जनाको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको पौडेलले बताए ।

रत्ननगरमा अहिलेसम्म १ हजार ४१४ जनाको पिसिआर परीक्षण गर्दा ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र २४८ जना निको भइसकेको स्वास्थ्य शाखा सहसंयोजक नरहरि श्याम शर्माले जानकारी दिए । संक्रिय सङ्क्रमितको संख्या जम्मा ६० जनामात्रै रहेको र प्रतिशतका आधारमा कोरोनामुक्त हुनेहरु ६० प्रतिशत बढी रहेको शर्माले बताए । रत्ननगरका मेयर नारायण वनसमेत कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया